घर फर्किएका स्मिथले विमानस्थलमा रुँदै भने: ठुलो गल्ति भयो माफ पाउँ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१५
  • |
  • 246 पटक हेरिएको

चैत्र १५ । बल टेम्परिङ प्रकरणमा एक वर्षको प्रतिबन्ध लागेका अष्ट्रेलियाली पूर्वकप्तान स्टिभन स्मिथले सिड्नी विमानस्थलमा पुगे लगत्तै भएको पत्रकार सम्मेलनमा आँशु झार्दै माफी मागेका छन्।

दक्षिण अफ्रिकाको केपटाउनबाट सिड्नी पुगेका स्मिथ विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दा समय समयमा रोएका थिए ।

उनले पत्रकार सम्मेलनमा भने, ‘अष्ट्रेलियाली क्रिकेट टिमको कप्तानका रूपमा म यो सबैको जिम्मेवारी लिन्छु, मैले गल्ती गरें, म यसको परिणाम स्वीकार्छु, म एकदमै मर्माहत छु।’

उनले आफूलाई समयसँगै माफीपछि फेरि सम्मान मिल्नेछ भन्ने आशा पनि व्यक्त गरे।

स्मिथले आफूलाई भएको जानकारीअनुसार पहिलो पटक अष्ट्रेलियाली टोलीमा बल टेम्परिङ भएको र अब कहिल्यै नहुने स्पष्ट पारे।

के तपाई डेभिड वार्नरलाई दोष दिनुहुन्छ? भन्ने प्रश्नमा स्मिथले भने, ‘म कसैलाई दोष दिन्न, कप्तानको नाताले केपटाउनमा जे भयो त्यसको सबै जिम्मेवार म लिन्छु।’

दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल बिगारेको आरोपमा स्मिथ र उपकप्तान वार्नरलाई  प्रतिबन्ध लगाउने निर्णय भएको थियो।

विवादमा फसेका उनीहरूलाई अस्ट्रेलियाली क्रिकेट बोर्डले दक्षिण अफ्रीकाविरूद्ध जारी चौथो टेस्टमा कप्तान र उपकप्तानबाट हटाएको थियो।

आर्इसीसीले स्मिथलाई म्याच फिको सतप्रतिशत र एक खेल प्रतिबन्ध लगाएको थियो।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey