छनोट चरण पार गरेकी काेलिन्ससँग भेनस स्तब्ध

0

चैत १५ । अमेरिकी खेलाडी भेनस विलियम्सलाई हराउँदै ड्यानिली कोलिन्स मायामी ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

छनोट चरण पार गरेर आएकी ड्यानिली कोलिन्ससँग २–० कै सोझो सेटमा स्तब्ध बनेपछि भेनसको यात्रा क्वार्टर फाइनलबाटै रोकिएको हो ।

मायामी ओपनको तीन पटककी च्याम्पियन भेनस पहिलो सेटमा ६–२ ले पराजित भइन् भने दोस्रो सेट ६–३ ले गुमाइन् ।

सेमिफाइनलमा कोलिन्सले लाट्भियाकी एलेना ओस्टापेन्कोको सामना गर्नेछिन् । छैटौं वरियताकी ओस्टापेन्कोले युक्रेनकी एलिना भिटोलिनालाई ७–६ र ७–६ को प्रतिष्पर्धात्मक सेटमा हराएकी थिइन् ।

Post Add 1025X115
Loading...