मेस्सी मभन्दा धेरै उत्कृष्ट छन्ः रोनाल्डिन्हो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१५
  • |
  • 163 पटक हेरिएको

चैत १५ । बार्सिलोनाका पूर्व स्टार रोनाल्डिन्होले लियोनेल मेस्सीको स्थान आफ्नो भन्दा निकै माथि रहेको प्रतिक्रिया दिएका छन् ।
एक अन्तरवार्तामा रोनाल्डिन्होले मेस्सीको स्थान विश्वका महान फुटबलरहरुको ‘मन्दिर’मा रहेको बताए । यो कुरा उनले सन् २०१४ मा भनेका हुन् ।

हालै प्रकाशित चार बर्ष अघिको अन्तरवार्ताका क्रममा रोनाल्डिन्होले बार्सिलोनामा मेस्सी सँधै आफ्नो नजिक रहेको र उनको खेलबाट आफू सँधै प्रभावित रहेको प्रतिक्रिया दिए ।

मेस्सीको प्रदर्शनको छायाँमा पर्न थालेपछि बार्सिलोना छोड्ने निर्णयमा पुगेको भन्ने हल्ला भने गलत रहेको बताएका छन् । उनले भने, ‘बार्सिलोना छोड्न मलाई कुनै असहज भएन । म प्रशिक्षक रिजकार्ड (तत्कालिन बार्सिलोना प्रशिक्षक फ्राङ्क रिजकार्ड) सँगै खेल्न चाहन्थेँ ।’

‘मसँग अन्य विकल्प रहँदा पनि मिलानमा खेल्न इच्छा थियो ।’ रोनाल्डिन्होले भने ।

मेस्सीसँग आफ्नो सम्बन्ध सँधै सुमधुर रहेको बताएका छन् । ‘रोनाल्डोले ममाथि बनाएजस्तै मेस्सीमाथि पनि मैले सँधै राम्रो प्रभाव जमाउन खेजेँ । उनी अलि लजालु स्वभावका थिए तर उत्कृष्ट खेलाडी थिए ।’

‘मेस्सीसँगमात्र होइन, उनको परिवारसँगपनि मेरो सम्बन्ध उत्तिकै राम्रो थियो ।’ राेनाल्डिन्हाेले थपे ।

पाँच बर्ष बार्सिलोनामा विताएका रोनाल्डिन्होले १४५ खेलमा ७० गोल गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal