दशैं के गरेर मनाए फुटबल र क्रिकेट खेलाडीले विदेशमा ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-२१
  • |
  • 333 पटक हेरिएको

नेपालीहरुको महान चाँड विजयादशमीलाई भब्य पार्न यतिबेला नेपालीहरु विभिन्न रमझममा डुबिरहेका छन । आफुभन्दा मान्यजनबाट जमरा र टिका लगाएर दशै मनाइरहेका बेला नेपाली क्रिकेट खेलाडीको निधार भने खाली रहेको छ ।

पाँच देशको टी २० सिरीजका लागि ओमानमा रहेको नेपाली क्रिकेट टिमले यसपटक दशै मनाउन पाएन । खेलमा नै ब्यस्त रहेका बेला दशै परेकाले क्रिकेट खेलाडीलाई यो पटक दशै मनाउने अवसर नजुटेको हो । हुन त यो पटक मात्र क्रिकेट खेलाडीले दशै मनाउन नपाएका होइनन् । पछिल्लो चार बर्षमा एक पटक मात्र खेलाडीले परिवारसँग दशै मनाउन पाएका छन ।

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का खेलाडी भएपछि चाँडबाड भन्दापनि देशको डुयुटी महत्वपुर्ण रहेको बताउछन । उनले खेलाडीका लागि जित्यो भने सुख, हार्यो भने दुःख हुने र चाँडबाड भन्दापनि देशका लागि खेलेपछि सबै कुरा भनेको बेला गर्न कठिन रहेको बताए ।

चाँडबाडका बेला परिवार मिस हुनु स्वभाबिक भएपनि देशको ड्युटी गर्नु नै ठुलो भएको र त्यसैमा बढि फोकस भइरहेको धारणा छ । यस्तै अरु खेलाडीले पनि दशैको बेला घर बाहिर हुँदा परिवार मिस हुने भएपनि खेलमा बढि फोकस हुने गरेको बताए ।

क्रिकेटमात्र होइन, यतिबेला फुटबल टिम पनि देश बाहिर रहेको छ । विश्वकप छनोटका लागि अष्ट्रेलियाम रहेको फुटबल टिमले भने टिमसँगै टिका जमरा लगाएर देशै मनाए । टिमका म्यानेर मधुसुधन उपाध्यायले सबै खेलाडी र अफिसिललाई टिमका र जमरा लगाएका थिए । उनीहरुले आफुआफु विच दशै मनाए भने केहि खेलाडीहरु आफन्तकोमा पनि गएका थिए ।

अष्ट्रेलियामा धेरै नेपालीहरु रहेकाले उनीहरुले क्रिकेट खेलाडी जस्तो खासै मिस भने गर्न पाएनन् । यता नेपालमा पनि दक्षिण एशियाली खेलकुद सागको तयारीमा रहेका खेलाडी जो काठमाडौं बाहिर रहेका थिए, उनीहरुले पनि घर जान पाएनन् । प्रशिक्षणका कारण उनीहरुको दशै कतिको होटेलमै भयो भने कतिको नजिकका ब्यक्तिकोमा पुगेर मनाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey