दशैंकाे शुभकामना, क्रिकेट र फुटबल खेलाडीले टीका लगाउन पाएनन्

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-२१
  • |
  • 310 पटक हेरिएको

नेपालीहरुको महान चाड दशैं आज धुमधामका साथ मनाउँदैछन् ।

हुन त दशैं घटस्थापनाका दिन देखि शुरु भए पनि आज टीकाको विशेष महत्व हुने गर्छ । हिन्दू धर्ममान्ने नेपालीहरुले आज मान्यजनसँग टीका तथा आर्शिवादा थाप्ने गर्छन् ।

नेपालमा धुमधामका साथ दशैं मनाइरहे पनि काम विशेषले देशबाहिर भएका नेपालीहरुले दशैं मनाउँन पाउँदैनन् । यस्तैमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुले पनि दशैं मान्न पाएनन् । यसमा क्रिकेट र फुटबल खेलाडीहरु परेका छन् ।

नेपाली क्रिकेट टिम अहिले ओमानमा पाँच देश सम्मिलत टी २० सिरिज खेल्न व्यस्त छ । पाँच देश सम्मिलत टी २० मा नेपालल हङकङ र आयरल्याण्डलाई पराजित गरेको छ ।

अब उसले ओमान, नेदरल्याण्ड्सँग खेल्न बाँकी रहेको छ । नेपालमै आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली टिमले ओमान सिरिजलाई यसैको अभ्यास र अन्तर्राष्ट्रिय एक्सपोजरको रुपमा लिएको छ ।
क्रिकेट टिम जस्तै नेपाली फुटबल टिम पनि यतिबेला अस्ट्रेलियामा रहेको छ ।

२०२२ को कतार विश्वकपका लागि भइरहेको छनोट खेल्न नेपाली टिम अस्ट्रेलिया पुगेको छ । जसका कारण नेपाली फुटबल टिमका सदस्यहरुले दशैं मनाउन पाएनन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey