Prabhu Bank

जोन इस्नर मायामी ओपन टेनिसको सेमिफाइनलमा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१५
  • |
  • 2 पटक हेरिएको

चैत्र १५ । अमेरिकाका जोन इस्नर मायामी ओपन टेनिसको सेमीफाइनलमा प्रवेश गरेका छन ।

इस्नरले क्वाटरफाइनलमा दक्षिण कोरियाका चुङ ह्योङलाइ दुइ शुन्यको सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।

१४ औं वरियताका इसनरले पहिलो सेट सहज रुपमा ६–१ ले जितेका थिए । जसका लागि उनले मात्र २५ मिनेट समय खर्चिए । उत्कृष्ट टेनिस खेलिरहेका इस्नरलाइ दोस्रो सेटमा पनि ह्योङले गतिलो चुनौती दिन सकेनन् ।

इस्नरले २१ वर्षिय ह्योङ विरुद्धको दोसे सेट ६–४ ले आफ्नो पक्षमा पारे । उनले सेमीफाइनल यात्रा तय गर्ने क्रममा एक घन्टा समय लगाएका थिए ।

इस्नर करियरमा एघमरमे पटक एटीपी मासटसर््को सेमीफाइनलमा पुगेका हुन् । उनी मायामी ओपनमा सन २०१५ मा अन्तिम चारमा पुगेका थिए ।

यो नै उनको अहिले सम्मको उत्कृष्ट प्रदर्शन रहेको थियो । अहिले विश्व टेनिसका उत्कृष्ट चार खेलाडीहरु क्वाटरफाइनलमा छैनन् । यो २००० पछि पहिलो पटक भएको हो । जसका कारण इस्नरका लागि उपाधी जित्ने यो भन्दा सुनौलो अवसर अर्को हुने छैन् ।

भर्खरै

Advertisement