नेदरल्याण्ड्समाथि नेपालकाे राेमाञ्चक जित, करणकाे अलराउण्ड प्रदर्शन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-२०
  • |
  • 173 पटक हेरिएको

 

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपालले नेदरल्याण्ड्समाथि राेमाञ्चक जित निकालेको छ । टी २० क्रिकेटमा पहिलो जित निकाल्ने क्रममा नेपालले नेदरल्याण्ड्सलाई चार विकेटले हरायो ।

जवाफमा नेपालले अन्तिम बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे । पहिलो विकेटका लागि पवन सराफ र पारस खड्का विच २५ रनको साझेदारी भएको थियो । तर पवन मात्र नौ रनमा आउट भएपछि नेपालले २५ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका आरिफ शेखपनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनीमात्र दुई रनमा पेभेलियन फर्किएपनि नेपालले २९ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि दिपेन्द्र ऐरी पनि सस्तैमा आउट भए । नेपालको पारीमा राम्रो योगदान गरिरहेका कप्तान पारस खड्का ब्यक्तिगत ३३ रनमा आउट भएपछि नेपालले ७४ रनमा चौथो विकेट खेर फाल्यो ।

त्यसपछि क्रिजमा आएका रोहित कुमार पौडेलपनि धेरैबेर टिक्न सकेनन् । नेपालको स्कोर ९३ रन हुदाँ उनी ५ रनमा आउट भए । जसका कारण नेपालले ९३ रनमा पाँचौ विकेट गुमायो ।

मध्यक्रमका खेलाडी विच राम्रो तालमेल हुन नसकेको खेलमा नेपालले एक सय ६ रन हुदाँ छैटौ विकेट खेर फाल्यो । विनोद भण्डारी दुई पटक जीवनदान पाउँदापनि २६ रनमा आउट भए ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रन चाहिएको थियो । क्रिजमा करण केसी र सोमपाल कामी थिए । जसमा करणले अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरे भने दोस्रो बल डट खेले । तेस्रो बलमा चौका प्रहार गरेका करणले चौथो बलमा पनि चौका प्रहार गरे ।

ओमान क्रिकेट संघका टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको डच टिमले १९ ओभर तीन बलमा एक सय ३४ रनमा अलआउट भयो । नेपालले दोस्रो ओभरमा नै विकेट लिन सफल भएको छ । नेपालका लागि सन्दिप लामिछानेले पहिलो सफलता दिलाए । टिमको दोस्रो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै टोबीस भासीलाई आउट गरे ।

त्यसपछि डच टिमको स्कोर ५० रन हुँदा नेपालले दोस्रो सफलता हात पार्यो । नेपालका लागि करण केसीले दोस्रो विकेट लिए । उनले एन्टोनीयो स्टारलाई २१ रनमा आउट गरे ।

तेस्र्र्रो विकेटका लागि म्याक्स डोउड र अकेरम्यान विच ४७ रनको साझेदारी भएको थियो । तर त्यो साझेदारीलाई ललित राजवंशीले तोड्न सफल भए । उनले अकेरम्यानलाई २९ रनमा बोल्ड गरे । जसका कारण नेपालले ९७ रनमा तेस्रो विकेट लिन सफल भयो ।

त्यसको केहि बेरमा नेपालले चौथो विकेट लियो । नेपालका लागि सन्दिप लामिछानेले ब्यक्तिगत दोस्रो विकेट लिए । उनले ओपनर म्याक्सलाई ४३ रनमा आउट गरे । जसका कारण नेदरल्याण्ड्सले एक सय चार रनमा चौथो विकेट खेर फाल्यो ।

त्यसको लगत्तै नेपालले पाँचौ विकेट लियो । नेपालका लागि करण केसीले ब्यक्तिगत दोस्रो विकेट लिन सफल भए । कप्तान पिटर सेलार चार रनमा आउट भए ।

नेदरल्याण्ड विरुद्ध नेपाली बलर सन्दिपले उत्कृष्ट प्रदर्शन गर्न सफल भए । उसको स्कोर एक सय १८ रन हुँदा सन्दिपले ब्यक्तिगत तेस्रो तथा टिमका लागि छैटौ विकेट लिए । उनले रे भान देर मेर्वीलाई मात्र सात रनमा पेभेलियन फर्काए । सेन स्टानेर खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि काल्सेनलाई करण केसीले चार रनमा रनआउट गरेपनि नेदरल्याण्ड्सले आठौ विकेट लिन सफल भयो ।

बलिङमा नेपालका लागि सन्दिप लामिछानेले चार ओभरमा २० रन दिएर चार विकेट लिए । उनले एकै ओभरमा दुई विकेट लिदाँ नेदरल्याण्डको रनरेटमा ब्रेक लागेको थियो । यस्तै करण केसीले चार विकेट हात पारे । उनले तीन ओभर २ बलमा मात्र १७ रन खर्चिएर चार विकेट हात पारे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey