Prabhu Bank

एशियन गेम्समा प्याराग्लाइडिङतर्फ १० खेलाडी सहभागी, पदक जित्ने आशा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१५
  • |
  • 0 पटक हेरिएको
चैत्र १५ ।  इन्डोनेशियाको जकार्तामा आयोजना हुने १८ औं एशियाली खेलकुद अन्तर्गत प्याराग्लाईडिङ्गमा नेपालले पदकको आशा गरेको छ ।
जकार्तामा १८ अगष्ट देखि सेप्टेम्बर २ सम्म आयोजना हुने प्रतियोगितामा नेपालले टिम विधा अन्तरगत टिम एक्युरेसी तथा टिम क्रसकन्ट्रि गरि दुई विधामा ५÷५ गरि १० खेलाडीहरुले सहभागिता जनाउने तथा ईन्डिभिज्युयल एक्युरेसीमा पनि यिनै १० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल प्याराग्लाईडिङ्ग संघका महासचिव शैलेन्द्र राउतले जनाएका छन् ।
सोही प्रतियोगितालाई मध्य नजर गर्दै केहि समय अगि स्याङ्गजामा आयोजना भएको एशियन कन्टिनेन्टल टुरमा छनौट भएका २१ खेलाडीहरु मध्येबाट टिम एक्युरेसी र टिम क्रसकन्ट्रिका लागि दोश्रो चरणमा १०/१० खेलाडीहरुको छनौट पोखरमा बुधबार सम्पन्न भएको छ । यीनै २० खेलाडीहरुबाट पर्फरमेन्सको आधारमा एशियाली खेलकुदको लागि ५/५ खेलाडीहरुको छनोट गरिने छ ।
बुधबार छनौट हुन सफल खेलाडीहरुमा टिम क्रस कन्ट्री तर्फ बिशाल थापा, शुसिल भट्टराइ, शेर बहादुर गुरुङ, बिमल अधिकारी, बिजय दाहाल, कृष्ण बहादुर सुनुवार, आशिष थापा, निशिन थापा, सुरज थापा र अनिश भट्टराइ छन् । त्यसै गरि इन्डिभिजुअल एकुरेसी र टिम एकुरेसी तर्फ ऋषी पोडे, युबराज सुनुवार, मदन कुमार सुनुवार, शुवास थापा, अनिष भट्टराइ, युकेश गुरुङ, बिजय गौतम, सबिन राना मगर र बिशाल थापा छन । ति मध्ये युकेश गुरुङ कान्छा खेलाडी हुन । १६ वर्षका युकेशले हाल एसइई (प्याराग्लाइडिङ पाइलट) परिक्षा समेत दिइरहेका छन ।
नेपाली खेलाडीहरुले टिम एक्युरेसी तर्फ पदक हात पार्ने नेपाल प्याराग्लाईडिङ्ग संघका महासचिव शैलेन्द्र राउतले बताए । उनले एशियामा टिम ईभेन्टमा नेपाल भन्दा अगाडी जापान र कोरिया मात्र रहेकोले नेपालको पदक पक्क भएको बताए । “विश्वमा पहिलो र दोश्रो स्थानमा ईटाली र फ्रान्स रहेका तथा नेपाल विश्वमा सातौ स्थानमा रहेको छ” राउतले बताए ।
नेपालले यस अघि पनि ईन्डोनेशियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रिमा पहिलो स्थान र चिनमा भएको प्रतियोगितामा दोश्रो स्थान हात पार्न सफल भई सकेको संघले जनाएको छ । यसका साथै नेपालका ६ खेलाडीहरु विश्व ¥याङिकङ्गमा टप टेन भित्र रहेका छन् । त्यसका आधारमा पनि नेपालले पदक हात पार्ने पक्का रहेको छ शैलेन्द्रले बताए ।
प्याराग्लाइडिङ खेलका प्रशिक्षक समेत रहेका सानु बाबु सुनुवारले एशियाडमा नेपालको तयारी पदकका लागि हुने बताए । उनले भने– “यसमा नेपालको सहभागिता मात्रै होइन हामी त्यहाँ पदकको लागि खेल्ने छौ ।” सुनुवार नेपालको टिम क्याप्टेन समेत हुन भने विश्व र्याङिकङ्गमा रहेका बिमल अधिकारी पनि प्रशिक्षकको भुमिकामा रहने छन ।
४५ देशले सहभागिता जनाउने एशियाली खेलमा प्याराग्लाइडिङ तर्फ ३० भन्दा वढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ ।
१९१९ मा नेपालमा ब्याबसायिक रुपमा सुरु गरिएको प्याराग्लाईडिङ्गलाई खेलकुदको रुपमा विकास गर्ने उद्धेश्यले २००८ जनवरी ३ मा राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय संघको रुपमा दर्ता गरिएको थियो । त्यस पश्चात नेपालमा यसको विकास अझै हुन पुगेको छ । विश्वमै नेपालको पोखरा प्याराग्लाईडिङ्गको लागि दशौं उच्च स्थानमा पर्ने भएकाले खेलाडीहरुले राम्रो तालिम हासिल गर्नेछन् । नेपालमा हाल ५ सय खेलाडीहरु रहेकोमा २५० जना पूर्ण रुपमा ब्यावसायीक खेलाडीहरु रहेकाले पनि नेपालले एशियाली खेलकुदमा पदक हात पार्नेमा विश्वस्त रहेको छ ।