फ्रान्सेली खेलाडीमाथिको रंगभेदबारे अनुसन्धान जारी छः फिफा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१५
  • |
  • 182 पटक हेरिएको

चैत १५ । गत साता रुस र फ्रान्सबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा फ्रान्सेली खेलाडीमाथि भएको रंगभेदी ब्यबहारको अनुसन्धान भइरहेको विश्व फुटबल महासंघ फिफाले जनाएको छ ।

फिफाले रिपोर्ट र तथ्यहरु संकलन भइरहेको जानकारी गराएको छ । रुसले दुई महिनापछि विश्वकपको आयोजना गर्दैगर्दा सार्वजनिक भएको रंगभेदको घटनाले रुस विश्वकपको सुरक्षामै प्रश्न उठेको बताइन्छ ।

रुसको सेन्ट पिटर्सवर्गस्थित क्रेस्तोभ्स्की रंगशालामा भएको खेलमा फ्रान्स ३–० को विजयी भएको थियो । त्यस खेलमा म्यान्चेटस्र युनाइटेडका पाउल पोग्वा र बार्सिलोनाका ओस्मान डेम्बेले रंगभेदको शिकार भएको बताइएको छ ।

फ्रान्सेली खेलकुदमन्त्री लाउरा फ्लेसेलले भनेका छन्, ‘रंगभेदलाई फुटबलको मैदानमा कुनै ठाउँ दिनुहुँदैन, यस्ता गैरकानूनी हर्कतको अन्त्य गर्नका लागि युरोपेली युनियन वा अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्छ ।’

यो समचार पहिलो पटक एएफपीका फोटोग्राफरले सार्वजनिक गरेका थिए । फ्रेन्च खेलाडीले कर्नर हान्न लाग्दा रुसी समर्थकले उनीबिरुद्ध जातीबादी नारा लगाएको सुनिएको थियो ।

रुसमा फुटबलका क्रममा हुने रंगभेदको घटना यो नयाँ भने होइन ।

गएको अक्टोबरमा युईएफएले लिभरपुलबिरुद्ध युईएफए युथ लिग खेलको क्रममा स्पार्ताक मस्कोबिरुद्ध रंगभेदी ब्यबहार गरेको आरोप लगाएका थिए । साथै क्लवकै भएक खेलाडीले रंगभेदी टिप्पणी ट्वीटरमा पोष्ट गरेको भनेर पनि ब्यापक आलोचना भएको थियो ।

युरोपेली फुटबलमा हुने रंगभेदबिरुद्धको संस्था एफएआरईले गत सिजन रुसमा ९० भन्दा बढी रंगभेदका घटनाहरुबारे छानविन गरेको थियो ।

संगठनका प्रमुख पायरा पावरले फ्रान्सेली खेलाडीमाथि गरिएको यस व्यवहारले बिश्वकपका क्रममा हुन सक्ने यस्ता ब्यबहारबारे चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘हाम्रो लागि महत्वपूर्ण चिन्ताको कुरा के हो भने विश्वकै सबैभन्दा ठूलो प्रतियोगिताका महत्वपूर्ण खेलहरु त्यही मैदानमा हुँदैछन्, एउटा सेमिफाइनल तथा थुप्रै समूह चरणका खेलहरु हुन्छन् ।’

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal