जेभियर र एसियन अन्तरकलेज बास्केटबलको क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१४
  • |
  • 261 पटक हेरिएको

चैत १४, काठमाडौं । आयोजक जेभियर इन्टरनेसनल कलेज र एसियन कलेज जेभियर इन्टरनेसनल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

जेभियर समूह ‘डी’ तथा एसियन समूह ‘सी’ को विजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।

जेभियरले सेन्ट जेभियर्स कलेजलाई ५९–५४ ले हरायो । जेभियरको जितमा निकेश मगरले १७ अंक योगदान गरे ।

अनुप रावतको २१ अंक सहयोगमा एसियनले द ब्रिटिस मोडेल कलेजलाई ५९–५६ ले हरायो । पराजयका बावजुद ब्रिटिस र सेन्ट जेभियर्स पनि आ–आफ्नो समूहको उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्न सफल भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey