नेपालद्वारा हङकङ ४ विकेटले पराजित, भण्डारीकाे अर्धशतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-१९
  • |
  • 146 पटक हेरिएको

ओमानमा जारी पाँच देश सम्मिलित टी २० क्रिकेट सिरीजमा नेपालले हङकङलाई चार विकेटले हराएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ टिमले २० ओभरमा ६ विकेट गुमाउँदै रन बनायो । नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्न सफल भए । उनले हङकङका चार विकेट लिए ।

मध्यम सुरुवात गरेको हङकङका लागि वकास बारकातले सर्वाधिक ३७ रन बनाए । यस्तै कप्तान किन्चित शाहले ३१ रनको योगदान गरे । निजाकत खानले २३ रन बनाउँदा असान अब्बासीले १३ रन थपे ।

३६ रनमा पहिलो विकेटे गुमाएको हङकङ टिमले ४१ मा तीन विकेट खेर फाल्यो । तर त्यसपछि किन्चित शाहले वकाससँग मिलेर अर्धसतकीय साझेदारी गर्दा उसको पारी सम्हालिएको थियो । उनीहरुको साझेदारीलाई अभिनाश बोहोराले ब्रेक गरे । कप्तान शाहलाई ३१ रनमा रनआउट गरेपछि उनीहरुको साझेदारी तोडिएको थियो । नेपालका लागि उत्कृष्ट बलिङ गरेका करणले चार ओभरमा ३६ रन दिएर चार विकेट हात पारे ।

जवाफमा नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालको जितमा विनोद भण्डारील्ेस अविजीत अर्धसतक बनाए । उनले ५८ रनको योगदान गरे ।

नेपालले आफ्नो पारीको पहिलो बलमा नै कप्तान पारस खड्काले गोल्डेन डकका रुपमा गुमायो । उनी क्याच आउट हुन पुगे । त्यसपछि नेपालको १० रन हुँदा दोस्रो विकेट झर्यो । अर्का ओपनर पवन सराफ पनि १० रनमा आउट हुन पुगे । जसका कारण नेपालले १४ रनमा दुई विकेट खेर फाल्यो ।

त्यसपछि पनि नेपालको विकेट झर्नेक्रम रोकिएन । नेपालले २७ रन बनाउँदा दिपेन्द्रसिंह ऐरी मात्र ६ रनमा आउट भए । त्यसपछि स्कोरबोर्डमा अरु नौ रन थपिदा नेपालले चौथो विकेट खेर फाल्यो । रोहितकुमार पौडेल मात्र पाँच रनमा पेभेलियन फर्किए ।

त्यसपछि क्रिजमा आएका विनोद भण्डारीले उत्कृष्ट पारी खेल्न सफल भए । उनले आरिफ शेखसँग पाँचौ विकेटका लागि अर्धसतकीय साझेदारी गरे । तर आरिफ २१ रनमा आउट हुँदा नेपालको स्कोर ९७ रन थियो । नेपालको जितमा भण्डारीले अर्धसतकीय पारी खेले ।
अन्तराष्ट्रिय टी २० मा विनोदको यो दोस्रो अर्धशतक हो । यस्तै सोमपालका कामीले १३ रनको योगदान गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey