थ्रीस्टार मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१४
  • |
  • 168 पटक हेरिएको

चैत १४, रुपन्देही । राष्ट्रिय टोलीमा रहेका पाँच मुख्य खेलाडीबिनै प्रतियोगिता सहभागी भएको ललितपुरको थ्रीस्टार क्लव तेस्रो मदन भण्डारी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुपन्देहीको रामनगरस्थित मानव ज्ञान माविको मैदानमा बुधबार भएको तेस्रो क्वार्टरफाइनलमा थ्रीस्टारले हिमालयन फुटबल क्लवलाई २–१ गोलले हरायो ।

खेलको पहिलो हाफमा थ्रीस्टारले चार अवसरहरुलाई गोलमा परिणत गर्न सकेन भने पाहुना टिम हिमालय एफसीको एउटा सुन्दर अवसर (हेड प्रहार) पोलमा लागेर बाहिरिएको थियो ।

दोश्रो हाफको ८४ औं मिनेटमा मलेसिया हिमालय एफसीका तीर्थ बस्नेतले सुन्दर गोल गदै टिमलाई अग्रता दिलाए । थ्रीस्टारका लावलले ८६ औं मिनेटमा गोलगर्दै १–१ गोलको अवस्थामा ल्याए ।

९२औं मिनेटमा गोल गर्दै अर्का विदेशी खेलाडी मार्टिनले थ्रीस्टारलाई २–१ गोलको जित दिलाए । उनले ९२औं मिनेटमा गोल गरेका थिए । उनी म्यान अफ द म्याच हुँदै १० हजार पुरस्कार पाए ।

प्रतियोगिताको बिजेताले १५ लाख,उपबिजेताले ७ लाख ५० हजार र सेमिफाईनलमा प्रवेश गर्ने टिमले जनही ५० हजार नगद प्राप्त गर्ने छन् ।

बिहीवार नेपाल पुलिस र मनाङ मस्यार्दीबीच अन्तिम क्वाटर फाईनल खेल हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey