नेपाली महिला भलिबल टिम असाेज २९ मा थाइल्याण्ड जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-१८
  • |
  • 201 पटक हेरिएको

साग र एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताकाे तयारीका लागि नेपाली राष्ट्रिय महिला भलिबल टिम असोज २९ गते थाईल्याण्ड जाने भएको छ । जहाँ नेपाली महिला टिमले ६ देखि १० वटा अभ्यास खेल खेल्ने याेजना भएपनि एकीन भने त्यहि पुगेर हुनेछ ।

असाेजकाे अन्तिम साता जाने महिला टिमले लामाे समयकाे प्रयासपछि थाइल्याण्डमा प्रशिक्षणकाे माैका पाएकाे हाे । यसका लागि स‌घले सबै आवश्यक डकुमेन्ट बुझाइसकेकाे छ ।

टिमले थाइल्याण्डमा ६ देखि १० वटा अभ्यास खेल खेल्ने याेजना बनाएकाे भएपनि एकिन भने त्यहि पुगेर हुने बताए । टिममा २२ सदस्य हुनेछन ।  जसमा १८ खेलाडी, तीन प्रशिक्षक र एक टिम म्यानेजर रहनेछन् ।

नेपाली महिला टिम पछिल्लाे केहि महिना देखि नियमित बन्द प्रशिक्षणमा रहेकाे छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey