ओमानमा हुने टी-२० सिरीज भाेली देखि, नेपालकाे तयारी पुरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-१७
  • |
  • 130 पटक हेरिएको

ओमानमा हुने पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरीजका लागि नेपाली क्रिकेट टिमले ओमानमा अभ्यास गरेको छ । सिरिज भोलीबाट सुरु हुँदैछ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा नेपालले खेल हुने मैदानमा हल्का अभ्यास गरेको हो । नेपाल सिंगापुरमा तीन राष्ट्र सम्मेलित टि–२० सिरिज खेलेर श्रीलंका हुँदै बिहीबार राती ओमान पुगेको थियो । आजै सबै टिमले अभ्यासबाट मैदानको स्थिती परिक्षण गरेका छन् ।

सिरिज अन्तर्गत भोली आयोजक ओमान र हङ्कङ तथा आयरल्याण्ड र नेदरल्याण्ड्स प्रतिष्पर्धा गर्नेछन् । नेपालले भने पर्सी हङ्कङविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ । त्यसको भोलिपल्ट नेपालले नेदरल्याण्ड्ससँग प्रतिष्पर्धा गर्नेछ ।

बुधबार आयरल्याण्ड्सँग र बिहीबार ओमानसँग प्रतिष्पर्धा गर्नेछ । ओमान पुगेपछि नेपालले शुक्रबार स्थानीय समय अनुशार ९ः३० देखि ११ः३० सम्म विहानी सत्रमा अभ्यास खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey