एशियन रिजनल यू-२१ ब्याटमिन्टनमा नेपालका प्रिन्स दाहाल साेझै दाेस्राे चरणमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-१६
  • |
  • 228 पटक हेरिएको

नेपाली युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहाल माल्दिभ्समा शनिबारबाट सुरु हुने एशियन रिजनल यू २१ ब्याटमिन्टन च्याम्पियनसिपको सोझै दोस्रो चरणमा पुगेका छन । पहिलो चरणको ड्र मा उनले बाई पाएपछि सोझै दोस्रो चरणमा खेल्ने भएका हुन ।

माल्दिभ्समा ५ देखि १० अक्टोबरसम्म हुने प्रतियोगितामा प्रिन्सले पहिलो चरणमा प्रतिद्धन्द्धी नै पाएनन् । जसका कारण उनले सोझै दोस्रो चरण खेल्ने भएका हुन । हाल विश्व बरियतामा पनि ३९ औं स्थानमा रहेका प्रिन्सले दोस्रो चरणमा माल्दिभ्सका मोहम्मदल सबाहसँग खेल्नेछन ।

यो प्रतियोगितामा नेपालबाट ६ खेलाडीको सहभागिता रहेको छ । जसमा तीन पुरुष र तीन महिला खेलाडी छन । पुरुषमा रुकेश महर्जनले पहिलो चरणमा भारतका सेइचरन रोयासँग खेल्नेछन । यस्तै प्रफुल महर्जनले पाकिस्तानका राजा मुहम्मद हैदरसँग प्रतिस्पर्धा गर्नेछन ।

महिलामा नेपालकी जेसीका गुरुङले पहिलो चरणमा पहिलो बरियताकी माल्दिभ्सकी अमिनत अब्दुल रजाकसँग खेल्नेछिन । यस्तै सिमा राजवंशीले श्रीलंकाकी हसरासँग प्रतिस्पर्धा गर्नेछिन । नेपालकी अर्की खेलाडी रसिला महर्जनले भारतकी मानसी सिंहसँग भिड्नेछिन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey