फ्रान्स विजयी हुँदा इङग्ल्याण्ड बराबरीमा रोकियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१४
  • |
  • 179 पटक हेरिएको

अन्तराष्ट्रिय प्रतियोगिता हुँदा जहिले पनि उपाधिको दावेदार मानिने इग्ल्याण्ड इटली विरुद्धको मैत्रीपुर्ण खेलमा एक एक गोलको बराबरीमा रोकियो ।

लण्डन स्थित वेम्ले स्टेडियममा भएको खेलमा इग्ल्याण्डले एक गोलको अग्रता जोगाउन सकेन ।

खेलको २६ औ मिनेटमा जिमी भार्डेको गोल मार्फत इग्ल्याण्डले पाहुना टिम इटली विरुद्द अग्रता बनाएको थियो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको इग्ल्याण्डले ८६ औ मिनेटमा डिबक्समा इट्लीका खेलाडीलाई फल गरेपछि पेनाल्टीको अवसर दियो ।

जसलाई इटलीका लोरेन्जो इन्सीग्नीले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्याए ।

बाँकि समयमा दुबै टिमले गोलका लागि धेरै प्रयास गरेपनि सफल हुन सकेनन खेल बराबरीमा सकियो ।

फ्रान्सद्वारा रसिया ३–१ ले पराजित

यता अर्को मैत्रीपुर्ण खेलमा फ्रान्सले रसियालाई ३–१ ले हरायो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा फ्रान्सको जितमा किलियन बाप्पेले दुई गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलको ४० औं मिनेटमा बाप्पेको गोल मार्फत फ्रान्सले अग्रता बनाएको थियो ।

त्यसपछि ४९ औ मिनेटमा पाउल पोग्वाले गोल गर्दै अग्रता दुई शुन्यमा पुर्याए । तर ६८ औ मिनेटमा फियोदोर मोलोभले रसियाका लागि गोल गर्दै अन्तर दुई एकमा झारे ।

८३ औं मिनेटमा पुनः बाप्पेले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भए । त्यसपछि रसिया खेलमा फर्कन सकेन र फ्रान्सले सहज जित निकाल्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey