मेसी विनाको खेलमा अर्जेन्टिना स्पनेसँग ६-१ ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१४
  • |
  • 153 पटक हेरिएको

चैत्र १४ । अर्जेन्टिना विरुद्धको मैत्रीपुर्ण खेलमा स्पेन ६–१ को भारी अन्तरले विजयी भएको छ ।

स्पेनको मड्रिडमा भएको खेलमा स्टार खेलाडी लियोनल मेसी विना मैदानमा उत्रिएको अर्जेन्टिनालाई लज्जास्पद हारको स्वाद चखाउन स्पेनका लागि इस्कोले ह्याट्रिक गरे ।

खेलको १२ औ मिनेटमा डिएगो कोस्टाको गोल मार्फत अग्रता बनाएको स्पेनका लागि २७ औं मिनेटमा इस्कोले गोल गर्दै अन्तर दुई शुन्यमा पुर्याए ।

तर ३९ औ मिनेटमा निकोलस ओटामेन्डीले गोल गर्दै अन्तर दुई एकमा झारे । तर दोस्रो हाफमा स्पेन अर्जेन्टिना माथि पुर्ण रुपमा हावी भयो ।

५२ औ मिनेटमा इस्कोले घरेलु टिमका लागि तेस्रो गोल गर्दा ५५ औ मिनेटमा थियागो एल्कान्त्राले स्पेनको अन्तर ४–१ पुर्याए ।

त्यसपछि ७३ औं मिनेटमा लागो आस्पासले टिमका लागि पाचौं गोल गर्दा ७४ औ मिनेटमा इस्कोले ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने टिमलाई ६–१ को भारी अन्तरको जित दिलाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey