एन्फाले दियो खेलाडीलाई पुरस्कार, कस्ले के पाए त ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-१४
  • |
  • 136 पटक हेरिएको

ललितपुर, १४ असोज । अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीहरुलाई सम्मान गरेको छ । हालै फिफा विश्वकप छनोट अन्तर्गत चाइनीज ताइपेईविरुद्ध जित निकालेको नेपाली टिमका प्रत्येक सदस्यलाई एन्फाले नगद २५ हजारका दरले सम्मान गरेको हो ।

अस्ट्रेलियाविरुद्धको खेल खेल्न जान लागेको नेपाली टोलीको विदाई समारोहमा यो रकमसहित सम्मान पनि गरिएको हो । यस्तै अन्य प्रतियोगिताका विजेता नेपाली महिला र पुरुष खेलाडीहरुलाई पनि आजै पुरस्कार हस्तान्तरण गरेको छ ।

यस्तै भारतमा हालै भएको साफ यू १५ च्याम्पियनसिपमा उप विजेता भएको टिमका सदस्यहरुलाई पनि २५ हजारका दरले नगदसहित सम्मान गरिएको छ । कीर्गिस्तानमा भएको नादेज्दा कप महिला फुटबल प्रतियोगितामा उप विजेता बनेको नेपाली टिमलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

एन्फा डेमा घोषणा गरिएको उत्कृष्ट जिल्ला फुटबल संघका रुपमा मोरङ जिल्लाले १ लाख रुपैयाँ पुरस्कार पाएको छ भने महिला रेफ्री अस्मिता मानन्धरले स्कूटर प्राप्त गरेकी छिन् । उदयमान खेलाडीको अवार्ड जितेका अभिषेक रिजालले स्कूटर पाउँदा महिला खेलाडी मन्जली योञ्जनले पनि स्कूटर प्राप्त गरिन् ।

उत्कृष्ट पुरुष रेफ्रीको अवार्ड पाएका लव खत्रीले बाईक पाउँदा रोहित चन्द र किरण चेम्जोङले पनि मोटरसाइकल नै पाए । यस्तै प्रशिक्षक हरि खड्का र लाइफ टाइम अचिभमेन्ट अवार्ड पाएका भगिरथ आलेलाई पनि एन्फाले मोटरसाइकल हस्तान्तरण गरेको छ । आलेले नगद ३ लाख पनि प्राप्त गरेका छन् । खेलाडीहरुलाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले पुरस्कार प्रदान गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal