अष्ट्रेलिया विरुद्धको खेलका लागि नेपाली टिमको घोषणा, नवयुगकाे कमब्याक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-१४
  • |
  • 211 पटक हेरिएको

फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलिया विरुद्धको खेलका लागि नेपाली टिमको घोषणा भएको छ । जसमा यसपटक चाइनीज ताइपेई विरुद्धको खेलमा २ खेलाडी परिवर्तन गरिएको छ ।

अखिल नेपाल फुटबल संघले आज सार्वजनिक गरेको खेलाडीको सूचीमा यसअघि घाइते भएका नवयुग श्रेष्ठ र अजित भण्डारी टिममा फर्किएका छन । नेपाली टिम यस्तै रहेको छ ।

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डरः सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द
स्ट्राइकरः विमल घर्तिमगर, अविशेख रिजाल, नवयुग श्रेष्ठ

यसपटक पनि टिममा पूर्व कप्तान विराज महर्जनलाई स्थान दिइएन । नवयुग श्रेष्ठ ताइपेइ विरुद्धको खेलमा श्वास्थ्यका कारण आराम गरेका थिए । अष्ट्रेलिया जानका लागि स्ट्राइकर विमल घर्तिमगर नेपाल फर्किसकेका छन भने रोहितले इन्डोनेसियाबाट नै सिड्नी प्रस्थान गर्ने बताइएको छ ।

नेपाली टिम भोली अष्ट्रेलिया प्रस्थान गर्नेछ ।नेपालको कप्तानी किरण चेम्जोङले नै गर्नेछन । नेपालले अक्टोबर १० ताखिरमा अष्ट्रेलिया विरुद्ध क्यानबेरामा खेल्नेछ । त्यसको ५ दिनपछि नेपाली टिमले जोर्डनसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey