पदक विजेता  खेलाडी सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-१३
  • |
  • 196 पटक हेरिएको

 काठमाडौं, १३ असोज । नेपाली कांग्रेस, शिवपुरी (नुवाकोट), काठमाडौं सम्पर्क समितिले आफ्ना पदक विजेता खेलाडीलाई सोमबार सम्मान गरेको छ । विजयादशमी, दीपावली, नेपाल सम्वत, छठ र ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा रेस्लर कमल तामाङ, क्योकुसिन करातेका प्रदीप थापा, साम्बोका रविन्स तामाङ, गोजुरियो करातेका विपुन थापा, साम्बोका असित तामाङ, फेन्सिङका सागर थापा र मन्दिरा थापा, गोजुरियो करातेका सञ्जय तामाङ तथा साम्बोका प्रदीप पाण्डे सम्मानित भए ।

सोही अवसरमा एसईई– २०७५ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल अञ्जु लामा, प्रयन्त लामा, जेहेन्ता पाण्डे, मञ्जिला पाण्डे, अभिषेक आचार्य र श्रवणकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

जालुपाचोकस्थित प्यारामाउन्ट एकेडेमीमा भएको कार्यक्रममा उनीहरुलाई पूर्व मन्त्री रामशरण महत, प्यारामाउन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जग्दीश्वरनरसिंह केसी, नेपाली कांग्रेस, शिवपुरी, काठमाडौं सम्पर्क समितिका अध्यक्ष मुकुन्दप्रसाद पाण्डेलगायतले सम्मान गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal