एन्फाले जिम्मेवारी नदिए पनि फुटबलमा योगदान गर्दै राजुकाजी (अन्तरवार्ता)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-१२
  • |
  • 186 पटक हेरिएको

काठमाडौं, १२ असोज । नेपाली फुटबलका एक सफल खेलाडी तथा प्रशिक्षक हुन्, राजुकाजी शाक्य । नेपाललाई तीनपटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिताउन सफल राजुकाजी शाक्य अहिले गुमनाम जस्तै छन् ।

डेढ वर्षअघिसम्म नेपाली फुटबलको हरेक गतिविधिमा भेट्न सकिने राजुकाजी अहिले कुनै इभेन्टमा पनि सहभागि हुँदैनन् ।
खेलाडीका रुपमा, कप्तानका रुपमा र प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक जितेका राजुकाजीलाई भेट्न हामी उनले खोलेको नेश्नल स्पोर्टस सेन्टरमा पुग्यौं ।

केही साझेदारहरुसँग मिलेर उनले संचालन गरेको स्पोर्टस सेन्टरमा ब्यस्त छन् । जिवनको यो समयसम्म फुटबलमा विताएका राजुकाजी शाक्य अब यो खेलबाट टाढा हुन सक्दैनन् ।

आधिकारिक निकायबाट कुनै जिम्मेवारी नपाएपनि आफूले सक्ने ठाउँबाट राजुले फुटबलमा योगदान दिइरहेका छन् ।  ललितपुरको च्याललमा उनको एकेडेमी छ । उनको दिनचर्या त्यहीँ नै बितिरहेको छ । त्यहाँ फुटबल सिकाउनुका साथै फुटसल, पौडी, जिम, साउना जस्ता सुविधा उपलब्ध छ ।

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राजुकाजी शाक्यको खेलकुद जिवन, उनले प्राप्त गरेका सफलता र पछिल्लो समय नेपाली फुटबलका सम्बन्धमा नेप्लेज टिभीले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal