बूढानीलकण्ठलाई बीएमके बास्केटबल उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-१२
  • |
  • 170 पटक हेरिएको

काठमाडौं, १२ असोज । बूढानीलकण्ठले पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको फाइनलमा बूढानीलकण्ठले कीर्तिपुरलाई ६३–४२ ले पराजित ग¥यो । बूढानीलकण्ठका रुपेश नापितले १९ अंक जोडे । बूढनीलकण्ठबाट कप्तान विराज राणाले १६ तथा कृष मेडेवसले ८ अंक जोडे । कीर्तिपुरका पारस योञ्जनले १६ स्कोर गरे ।

समूह ‘ए’ मा रहेको बूढानीलकण्ठले लिगमा आयोजक बीएमके, गोल्डेनगेट र आइस वाकरलाई पराजित गरेको थियो भने एसडीसीबाट वाक ओभर पाएको थियो । त्यस्तै बूढानीलकण्ठले एनसीएचएसलाई हराएको थियो ।

विजेताले ४० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार हात पारे । बूढानीलकण्ठका रुपेश नापित ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई प्रदेश सांसद् नारायण सिलवाल, बीएमकेका अध्यक्ष हरि अधिकारी, बीएमकेका सचिव लक्ष्मण थापा, प्रतियोगिता संयोजक अनुप मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितालाई नेपाल इन्भेष्टमेन्ट बैंक, कोशी म्यानपावर, विशाल नगर माइक्रो बस सेवा, स्क्रेब सि फुड रेस्टुरेन्ट, युनाइटेड ट्रेडर (टोयोटा), गोरखकाली ड्राइभिङ सेन्टरलगायतले प्रायोजन गरेका छन् ।

असोज ४ गतेदेखि सुरु प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey