उद्घाटन, विदाई र पुरस्कार वितरणमै समय सक्दै, साग हुनेमा अझै ढुक्क हुने अवस्था छैन !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-१२
  • |
  • 412 पटक हेरिएको

नेपालमा आयोजना हुने भनिएको दक्षिण एशियाली खेलकुद (साग) तोकेको समयमा हुन्छ की हुँदैन, अझै एकिन छैन । प्रतियोगिताको मिती दिन प्रतिदिन नजिकिदै जाँदा त्यसका लागि हुनुपर्ने तयारीको गति भने निकै सुस्त रहेको छ । केहि दिन अगाडीमात्र प्रतियोगिताका विभिन्न उपसमितीहरु बने । जसलाई अनुमोदन गरियो । तर यो प्रतियोगितालाई सफल रुपमा कसरी गर्न सकिन्छ भनेर अहिलेको अवस्थामा दौडधुप गर्नुपर्ने मुख्य दुई निकाय राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयका नेतृत्वकर्ताहरु भने साना साना कार्यक्रममा गएर आफ्नो समय बर्बाद गरिरहेका छन ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव भएपछि रमेश सिलवालको भनाई थियो, म यो पदमा बस्नका लागि मात्र होइन काम गरेर देखाउनका लागि आएको हो । जसमा उनको पहिलो जिम्मेवारी सागको सफल आयोजना गरेर देखाउने दिइएको थियो । उनले परिषद्मा आएपछि पहिलो पटक सञ्चारमाध्यमसँग बोल्दै म आफ्नो जिम्मेवारी पुरा गर्ने, सानातिना कार्यक्रममा आफु नजाने र पहिला प्राथमिकता साग नै हुने बताएका थिए ।

तर समय वित्दैजाँदा उनको बोलिमा ठेगान लागेन । परिषदमा पाइला राखेको सुरुवाती केहि दिनसम्म उनी दिनमा चार ठाँउ स्वागत कार्यक्रममा गएर विताउथे । विस्तारै उनलाई स्वागत गर्ने कार्यक्रम सकिएपनि उनी उद्घाटन, खेलाडी विदाई, विभिन्न स्कुलको कार्यक्रममा जान सक्रिए भए ।
झिनामसिना कार्यक्रममा आफु नजाने बताएका सिलवाल पछिल्लोपटक दिनमा चार देखि ५ वटा कार्यक्रममा सहभागिता जनाउछन । त्यसमा कतिपय कार्यक्रम उनी जान आवश्यक रहेका हुन्छन भने कतिपयमा नगएको राम्रो हुने पनि हुन्छन ।

 

सामान्य स्कुले प्रतियोगिताको उद्घाटन, पुरस्कार वितरणमा सदस्यसचिव आफै उपस्थिती हुँदा आयोजकलाई सदस्यसचिव मुख्य अथिती भन्ने गर्व हुन्छ होला, तर सिलवालका लागि भने त्यो समयको बर्बाद गर्नुजस्तै हो ।

एउटा कार्यक्रममा सहभागि भएमा कम्तिमा एक घण्टा लाग्छ नै, अझ कुनै कुनै कार्यक्रमहरु त तीन चार घण्टा लाग्ने नै हुन्छन । त्यस्तो अवस्थामा के गर्ने, औषतमा हेर्ने हो भनेपनि दिनमा पाँच ६ घण्टा त उनको समय कार्यक्रममा नै जान्छ, कार्यालयमा बस्दापनि विभिन्न निकायको ब्यक्तिहरु भेटघाटकालागि आइरहने, कहिले कर्मचारी तर कहिले प्रदेश र जिल्ला पदाधिकारीले उनी बस्ने कोठा सायदै खाली हुन्छ ।

अब यस्तो अवस्थामा उनले कसरी सोचेको काम गर्न सक्लान, त्यो ठुलो प्रश्न छ । साग मुखैमा आउँदैछ, तर उनको टेबलमा कहिले यो खेलाडीको विदाई कहिले त्यो खेलाडीको विदाई, कहिले कुनै कार्यक्रमको उद्घाटन, कहिल पुरस्कार समारोहमा निम्तो, तर उनले आफुले कुन कार्यक्रममा जाने कुनमा नजाने भन्ने छुट्याउन निकै आवश्यक छ ।

जस्तोपनि कार्यक्रममा पुगेर समय सक्नु भन्दा त्यो समय कसरी खेलकुदलाई चुस्त र आसन्न साग लगायतका अन्य प्रतियोगिताका लागि खेलाडीलाई तयार पार्ने भन्नेमा खर्च गर्नुपर्ने हो । तर एउटामा गए अर्को रिसाउला भन्ने डर, यस्तै यस्तैले सदस्यसचिव सिलवालको अहिलेसम्मको समय सकिदै गएको छ ।

बोल्दा आफु यस्तो गर्ने उस्तो गर्ने भनेपनि अझै उनको बोली कार्यान्वयनमा देखिएको छैन । उनी सदस्यसचिव भएर आएपनि परिषद्मा कर्मचारीमा भने केहि त्रास देखिएको छ । उनले सबैलाई ठाँउमा राख्न सफल भएका छन । तर त्यो त्रास कहिलेसम्म भन्ने हो ।

सदस्यसचिवमात्र होइन, खेलकुद मन्त्रीको अवस्थापनि यस्तै छ, यतिसम्म की कुनै एउटा स्कुलको प्रतियोगितामा मन्त्री उद्घाटनमा जानु कतिको लाजमर्दो कुरा हो । नेपाली खेलकुदलाई अझैपनि राम्रोसँग बुझ्न नसकेका र पार्टीको दबावमा आएर काम गर्ने गरेका मन्त्री जगतबहादुर विश्वकर्माले अहिलेसम्म राम्रो र निचोटको काम एउटा पनि गरेको छैन भन्दा कम नहोला, उनको कार्यकालमा सागको नयाँ मिती तय गरिएको हो ।

जहाँ जुनसुकै कार्यक्रममा गएपनि उनको भाषणमा सधै एउटै दोहोर्याउने र जे कुरापनि हुन्छ भनेर आश्वासन दिने बानी कहिले सुध्रिने हो कुन्नी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey