Prabhu Bank

भक्तपुर जिल्ला फुटबल संघविरुद्धकाेे मुद्दा फिर्ता

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१३
  • |
  • 8 पटक हेरिएको

चैत्र १३ । भक्तपुर जिल्ला फुटबल संघविरुद्ध दायर भएकाे मुद्धा फिर्ता भएपछि एन्फा चुनावकाे गतिराेध अन्त हुने संकेत अाएकाे छ । अाफुहरुलार्इ नियमविपरित बाहिर राखेर निर्वाचन गराएकाे भन्दै भक्तपुरका तीनवटा क्लबले भक्तपुर जिल्ला अदालतमा अध्यक्ष गाैतम सुखजुविरुद्ध मुद्धा दायर दायर गरेका थिए ।

भक्तपुर फुटबल क्लब, भक्तपुर युनार्इटेड क्लब र सिरुटार खेलकुद केन्द्र क्लबले जिल्ला अदालतमा निर्वाचन राेक्न अन्तरिम अादेशकाे माग सहित मुद्धा दायर गरेकाे थियाे ।

आफुलार्इ चुनावमा सहभागिता नगराएकाे भन्दै भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गाैतम सुखजुले पाटन उच्च अदालतमा चुनाव राेकी पाउँ भन्दै मुद्धा दायर गरेपछि एन्फाकाे चुनाव स्थगित भएकाे थियाे ।

मंगलबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै तीनवटै क्लबका अध्यक्षहरुले अाफ्नाे कारणले एन्फाकाे चुनाव नराेकियाेस् भनेर मुद्धा फिर्ता लिएकाे बताए ।

यता भक्तपुर र मकवानपुरले संयुक्त रुपमा आफुहरुलाई निर्वाचनमा सहभागिता गराउनबाट बञ्चित गरेको भन्दै रिट दायर गरेको थियो ।

जसमा ललितपुर उच्च अदालतले तत्कालका लागि निर्वाचन रोक्न अन्तरीम आदेश दिएको थियो ।

अब मुद्दा फिर्ता लिएपछि दुबै जिल्लामा निर्वाचनका लागि बाटो खुलेको छ भने एन्फाको निर्वाचन पनि चाडै हुने आशा गरिएको छ । मुद्धा फिर्ता लिएपनि आफ्नाे अधिकारकाे लडार्इं भने कायम रहेकाे प्रतिक्रिया भक्तपुर युनार्इटेड क्लबका अध्यक्ष राम प्रजापतिले बताए ।

उनीहरुले केन्द्र र भक्तपुरकाे मुद्धा एक अापसमा सम्बन्धित नभएकाे दाबी गरे । भक्तपुरमा गैर फुटबल कर्मीलार्इ संलग्न गराएर निर्वाचन गराएकाेमा मुद्धा हालेकाे बताए । अध्यक्ष राज प्रजापतिले भने, ‘हामीले याे मुद्धा कार्यसमितिकाे माग गर्दै राखेकाे हाेइनाैं ।’

‘हामी फुटबलकाे विकासमा काम गर्दै अाएकाे ब्यक्तिलार्इ पनि समावेश गराउनका लागि ताकेता गरेपनि त्यसकाे सुनुवार्इ भएन । त्यसैले याे कदम चल्नु परेकाे हाे ।’ अध्यक्ष प्रजापतिले थपे ।

एन्फाको निर्वाचनमा अध्यक्षका लागि कर्माछिरीङ शेर्पा र मणि कुँवर प्रतिस्पर्धामा छन् ।

भर्खरै

Advertisement