क्यानको विशेष साधारणसभा बैशाखको १३ र १४ गते

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१३
  • |
  • 199 पटक हेरिएको

चैत्र १३ । नेपाल क्रिकेट संघले विशेष साधारणसभा वैशाख दोस्रो साता गर्नका लागि आइसिसीलाई प्रस्ताव गरेको छ।

निर्वाचित क्यानले गठन गरेको कार्यसम्पादन समितिले वैशाख १३ र १४ गते काठमाडौंमा विशेष साधारणसभा गर्ने निर्णय गरेको हो।

गएको वैशाखमा आइसिसीको निलम्बनमा परेको नेपाली क्रिकेको सर्वोच्च निकाय नहुँदा आइसिसीले नै नेपालको क्रिकेट गतिविधि प्रत्यक्ष रूपमा सञ्चालन गरिरहेको छ।

आइसिसीले निलम्बन फुकुवाको प्रक्रिया सुरु गर्न बनाएको सल्लाहकार समूहरूद्वारा प्रस्तावित संशोधित विधान अक्षरस पास गर्न भन्दै निर्वाचित समितिलाई मार्च महिनामा विशेष साधारणसभा बोलाउन निर्देशन दिएको थियो ।

यसअघि भदौ ६ गते भएको निर्वाचित क्यानको विशेष साधारणसभाले सल्लाहकार समूहबाट पारित नयाँ विधानका केही बुँदामा संशोधन गरेपछि मिल्न लागेको क्यान विवाद पुनः लम्बिएको थियो । त्यसपछि आइसिसीले मार्चसम्ममा विधान संशोधनका लागि साधारणसभा गर्न मार्चसम्मको समय दिएको थियो।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal