नेपाली क्रिकेटका लागि अक्टोबर १३ कुरेका छौं : सदस्यसचिव सिलवाल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-१०
  • |
  • 469 पटक हेरिएको

यो साधारणसभालाई राष्ट्रिय खेलकुद परिषदका तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । साढे तीन वर्ष अघि आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई प्रतिबन्ध लगाएको थियो । आज सुखद् दिन हो, त्यसैले तिता कुरा नगरौं । आजको साधारणसभाले पक्कै पनि निकास निकाल्ने छ ।

मैले पनि आईसीसीका पदाधिकारीहरुसँग कुरा गरेको छु । अब यो साधारणसभाबाट योग्य र सक्षम टोली निर्वाचित गरिसकेपछि आईसीसीलाई जानकारी गराउँछौं । अब अक्टोबर १३ मा बस्ने आईसीसीको बैठकले नेपालको प्रतिबन्ध फुकुवा गर्ने विषयमा सहमति जनाइस्केको छ । हामी अब अक्टोबर १३ को दिनको प्रतिक्षामा छौं ।

नेपालले क्रिकेटलाई उच्च महत्व दिएर पूर्वाधार विकासमा ध्यान दिएको छ । आगामी तीन वर्ष भित्रमा हामीले अन्तर्राष्ट्रिय स्तरका केही रंगशाला निर्माण गर्नेछौं । राष्ट्रिय स्तरका प्रतियोगिता खेल्ने रंगशाला निर्माण गर्नेछौं ।

साधारणसभा पछि पनि नेपाली क्रिकेटको विकासका लागि थुप्रै कामहरु गर्न बाँकी छ । सुशासन, आर्थिक पारदर्शिता लगाएतका कुराहरुमा ध्यान दिन जरुरी छ । यदि यी कुराहरु भएन भने भोलिका दिनहरुमा हाम्रो स्थिति सुखद् हुने छैन् । त्यसैले म अनुरोध गर्छु आगामी नेतृत्वले यस विषयमा ध्यान दिने छ ।

यसैगरी ग्रासरुट लेभलमा क्रिकेटको विकासमा ध्यान दिने छ । सहकार्य गरेर अगाडी बढ्ने वातावरण बनाउने छ भन्ने विश्वास लिएको छु ।

म क्रिकेट प्रेमी भएको नाताले र सम्पूर्ण खेलसंघको अभिभावक भएको नाताले तपाईहरुलाई चाहिने सहयोग सद्भाव सधै रहने छ । सवै मिलेर सहमतिमा नेतृत्व चयन गर्नुस । अझै पनि केही विग्रिएको छैन् । फुटेर होइन जुटेर क्रिकेटको विकासका लागि लाग्नु पर्छ । अहिले तछाड मछाड गरेर चुनाव जिते पनि अपेक्षाकृत सफलता हासिल गर्न गाह्रो हुन्छ ।

विशेष साधारण सभामा सदस्यसचिव शिलवालले दिएकाे अभिव्यक्तिकाे सम्पादित अंश ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey