आजको दिन क्रिकेटका लागि ढिला गरि आयो : खेलकुदमन्त्री विश्वकर्मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-१०
  • |
  • 136 पटक हेरिएको

काठमाडौं, १० असोज । नेपाल क्रिकेट संघ क्यानको विशेष चुनावी साधारण सभा काठमाडौंमा शुरु भएको छ । एक तारे होटेलमा शुरु भएको सधारणसभाको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका छन् । ५९ जना मतदाता रहेको क्यानको नयाँ नेतृत्वका लागि २ प्यानलबीच प्रतिस्पर्धा हुने सम्भावना बढी छ । क्यानको विशेष चुनावी साधारणसभाको उद्घाटनका अबसमार युवा तथा खेलकुदमन्त्री विश्वकर्माले दिएको मन्तव्यको सम्पादित अंश ।

समग्र क्रिकेटका साथै खेलप्रेमी नेपाली महानुभावहरुले आजको दिनलाई धेरै पहिलादेखि प्रतिक्षा गर्दै आउनु भएको छ । आजको दिन नेपाली क्रिकेटका लागि धेरै ढिला गरि आएको जस्तो हामी सबैलाई महशुस भएको छ । आजको २ बजाउन पनि क्रिकेट सम्बन्ध धेरैमा कौतुहलता थियो । त्यसै भएर होला हामी २ नबज्दै कार्यक्रमका लागि सबै उपस्थित भयौं ।

क्रिकेटमा विगतमा भएका ती सबै परिस्थतिको निर्मम समिक्षा गरेर भोलिका दिनमा सुखद् यात्रा अवलम्बनका लागि यो विशेष साधारणसभाले पहल गर्ने छ । त्यसका लागि यहाँ आउनु भएका सबै प्रतिनिधि साथीहरुलाई शुभ कामना भन्न चाहन्छु ।
आज हामी दूरगामी सुखद् भविष्यको सुरुआत गर्ने संघारमा हामी छौं । स्वतन्त्र प्यानलमा रहेर काम गर्नुभएका साथीहरु र आईसीसीका प्रतिनिधि बधाईका हकदार हुनुहुन्छ ।

२०७४ चैत २ गते युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेको दिन नेपालले एक दिवसीय मान्यता पाएको थियो । आईसीसको प्रतिबन्ध फुकुवा गर्ने पहिलो शर्त नै विशेष साधारण सभा राखेको छ । विधान संशोधन गर्नुपर्ने शर्त रहेछ । मन्त्री भइसके पछि क्रिकेट लगाएत अन्य खेलका समस्या समाधानका लागि विभिन्न चरणमा एकल र सामूहिक रुपमा पनि छलफल गरे । कहिले काँही त लुकी लुकी पनि भेट्नु पर्ने बाध्यता मलाई आइलागेको थियो । मैले खेल क्षेत्रको भलाईका लागि पनि यस्तो गर्नु परेको थियो ।

क्रिकेट खेलको विकास र यसलाई अगाडी बढाउने विषयमा मैले छलफल गर्दा सवै साथीहरु जिम्मेवार ढंगले प्रस्तुत भएको मैले पाए । सवैको साथका कारण विशेष साधारण सभा गरेर आईसीसीले दिएको रोडम्याप अनुरुप मौजुदा विधानलाई संशोधन गर्न तयार हुनुभयो । हामीले सार्वजनिक प्रतिबद्धता गरेको जेठमा हुनुपर्छ । त्यसको झण्डै २ महिना भित्रै आईसीसीबाट विशेष साधारणसभा गर्ने अनुमति पायौं ।

नेपाल क्रिकेट संघ क्यानको विशेष साधारण सभा शुरु

मैले क्रिकेटको विकासका लागि विगतमा जहाँ जे जे भए होलान त्यसलाई विर्सिएर अब नेपाली क्रिकेट खेलाडीहरुले जुन सफलता हासिल गर्दै एकदिवसीय मान्यता पाएका छन् त्यसलाई अझै अगाडी बुढाउने कुरामा हामीसबैले त्याग गरेर अघि बढौं भनेर विधान संशोधनका बेला भनेको थिए । त्यसैलाई मानेर साथीहरुले आईसीसीको रोडम्याप अनुसार विधान संशोधन भयो ।

त्यसपछि क्रिकेटको नेतृत्वमा रहनु भएका तत्कालिन वा पूर्व नेतृत्व कर्तासाथीहरुको सुझवुझ पूर्ण तरिकाले विधान संशोधन भयो । संशोधित विधान अनुरुप अघि बढेर यी सबै कुरालाई व्यवस्थित गरेर आजको दिन ल्याउनका खातिर जुन स्वतन्त्र प्यानल बन्यो । त्यसपछि जिल्ला जिल्ला र प्रदेशको निर्वाचन सकिएर आज केन्द्रको निर्वाचन हुँदैछ ।

स्वतन्त्र समितिले काम गर्दै जाँदा परिस्थिति सहज ढंगले अघि बढेको थिएन । अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने की नलिने भन्ने अवस्था आयो । मुद्दा फिर्ता नलिएसम्म स्वतन्त्र समितिले काम अघि बढाउन नसक्ने अवस्था सृजना भयो । त्यो परिस्थति देखिएपछि मैले फेरि सरोकारवाला साथीहरुसँग धेरै पटक छलफलका लागि बसेको छु । अब नेपाली क्रिकेट राम्रोसँग अघि बढ्छ भन्ने कुरामा विश्वास गर्ने अवस्था आएको छ । नयाँ नेतृत्व आएपछि आईसीसीले लगाएको प्रतिबन्ध फुकुवा हुनेमा आशावादी छु ।

चुनावी साधारणसभा भएकाले यहाँ कसैको नाम लिन चाहिन् । नाम लिँदा अर्थ र अनर्थ दुवै लाग्ला । त्यसैले मैले नेतृत्व लिनु पर्छ, यो मेरो हो भन्ने भन्दा पनि कसरी सवै मिलेर जाँदा नेपाली क्रिकेटको भविष्य अझ सुनिश्चित हुन्छ त्यता तर्फ ध्यान दिन सबैले जरुरी छ । जो जो साथीहरु बस्दा सर्वसम्मत नेतृत्व चयन हुन्छ त्यस तर्फ ध्यान दिनुस ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal