१३ औं सागमा फुटबल सहित ५ खेल उद्घाटन अघि नै सुरु हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०९
  • |
  • 488 पटक हेरिएको

नेपालमा मंसिर १५ गतेदेखि २४ गतेसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारी तीव्रगतिमा अघि बढाएको छ । ढिला गरि मन्त्रिपरिषद्ले साग सञ्चालन कार्यविधि पारित गरेकाले तयारीलाई अहिलेको भन्दा अझै तिव्र बनाउनु पर्ने आबश्यकता रहेको छ ।

भदौ २६ गते मन्त्रिपरिषद्ले कार्यविधि पारित गरेपछि असोज ९ मा सागको तयारी सम्बन्धमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले वैठक बोलाएका थिए । बैठकले विभिन्न समितिहरु गठन गर्ने लगाएतका निर्णयहरु गरेको छ ।

यस्तै बैठकले प्रतियोगितास्थलको रुपमा जनकपुर थपिएको छ । जनकपुरमा कुस्ती प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ । यस्तै डिसेम्बर १देखि १० अर्थात मंसिर १५देखि २४ गतेसम्म हुने प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुको समय तालिका पनि पारित भएको छ । जस अनुसार उद्घाटन अघि पुरुष र महिला फुटबल, ब्याडमिन्टन, ह्याण्डबल, प्याराग्लाईडिङ र उशु प्रतियोगिता शुरुहुने छ ।

पोखरामा ब्याडमिन्टन प्रतियोगिता नोभेम्बर २६देखि डिसेम्बर २ तारिखसम्म चल्ने छ । यस्तै काठमाडौंको दशरथ रंगशालामा नोभेम्बर २८ देखि पुरुष फुटबल प्रतियोगिता शुरु हुने छ । फाइनल खेल भने ९ डिसेम्बरमा हुने छ । महिला फुटबल भने पोखरा रंगशालामा आयोजना हुने छ । उक्त खेल पनि नोभेम्बर २८ देखि डिसेम्बर ९ सम्म चल्ने कार्यतालिका रहेको छ ।

पोखरामै आयोजना हुने ह्याण्डबल पनि प्रतियोगिताको उद्घाटन अगावै शुरुहुने छ । उक्त खेल नोभेम्बर २९देखि डिसेम्बर ४ सम्म आयोजना हुने छ । पोखरामा आयोजना हुने प्याराग्लाईडिङ खेल पनि नोभेम्बर २९ तारिखदेखि शुरुहुने छ । उक्त खेलको फाइनल भने डिसेम्बर ८ मा हुने तय भएको छ । लगनखेलमा आयोजना हुने उसु नोभेम्बर ३० देखि डिसेम्बर ६ सम्म हुने छ । अन्य खेलहरु भने उद्घाटन भएको दिन देखि विभिन्न मितिमा शुरुहुनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey