६ महिनापछि साग तयारी समिति बैठक, १५ उपसमितिले पूर्णता पायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०९
  • |
  • 188 पटक हेरिएको

मुक्तिबाबु रेग्मी
९ असोज । ६ महिनापछि पहिलोपल्ट बसेको १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी समितिको बैठकले तयारीलाई तीव्रता दिन उपसमितिलाई पूर्णता दिएको छ ।

साग तयारी समितिको बैठक बैशाख २६ गतेयता बस्न सकेको थिएन । भदौ २६ गतेको मन्त्रिपरिषद बैठकले साग कार्यविधि पारित गरेपछि बिहीबार बसेको तयारी समितिको बैठकले कार्यविधिमा उल्लेख भएअनुसारका उपसमितिमा संयोजकसहित सदस्यहरुलाई पूर्णता दिएको हो ।

सागका लागि प्रधानमन्त्रीको संयोजकत्वमा ११ सदस्यीय निर्देशन समिति, खेलकुद मन्त्रीको संयोजकत्वमा २५ सदस्यीय तयारी समिति र सदस्यसचिवको संयोजकत्वमा ५ सदस्यीय कार्यकारी समिति यसअघि नै निर्माण भइसकेको छ ।

तयारी समिति अन्तर्गतका १५ उपसमितिले बिहीबार पूर्णता पाएसँगै सागको तयारीले पनि तीव्रता लिने अपेक्षा गरिएको छ ।

यसअघि कार्यविधिकै कारणले तयारीलाई अन्तिम रुप दिन अन्यौलता भएको थियो । तर कार्यविधि पारित भएपछि पनि तयारी समितिको बैठक बस्न भने १५ दिन लागेको छ । सागका लागि ६६ दिनको समय बाँकी रहँदासम्म पूर्वाधार, प्रशासनिक र राष्ट्रिय टिम तयारी कुनैले पनि पूर्णता पाउन सकेको छैन । त्यसैले आम मानिसमा साग आयोजनामै संसय हुँदै आएको छ ।

सागका लागि तयारी समितिमातहत रहने गरी निर्माण भएका १५ समितिहरु यसप्रकार छन्ः

१. राष्ट्रिय टिम तयारी समिति

२. खेलस्थल व्यवस्थापन समिति

३. प्राविधिक समिति

४. स्रोत साधन परिचालन समिति

५. सुरक्षा समिति

६. आवास व्यवस्थापन समिति

७. यातायात व्यवस्थापन समिति

८. स्वास्थ्य समिति

९. प्रचार, प्रसार तथा प्रकाशन समिति

१० समारोह समिति

११. स्वयंसेवक परिचालन समिति

१२. अनुगमन, निरीक्षण तथा मूल्यांकन समिति

१३. अतिथि सत्कार समिति

१४. खेलसामाग्री, उपकरण तथा पोशाक व्यवस्थापन समिति

१५. एन्टि डोपिङ्ग समिति

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal