Prabhu Bank

खेलाडी फिट छन्, मनोबल उच्च छः कप्तान विराज महर्जन

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१३
  • |
  • 0 पटक हेरिएको

चैत १३, दाेहा । एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल यमनसँग प्रतिष्पर्धा गर्दैछ । यस अघिका खेलेको पाँच खेलमध्ये तीनमा हार र दुई बराबरी खेलेको नेपालका लागि यो खेल प्रतिष्ठाका लागिमात्र हुनेछ ।

नेपालको छनोट हुने सम्भावना सकिएको छ । तर यमनका लागि यो खेल निकै महत्वपूर्ण छ । समुह एफमा एक जित र चार बराबरीसँगै सात अंक बनाएको यमनले नेपाललाई हराएमा सन् २०१९ मा हुने एएफसी एसियन कपमा छनोट हुनेछ ।

विश्व वरियताको १४० औं स्थानमा रहेको यमनलाई नेपालले पहिलो लेगमा गोलरहित बराबरीमा रोकेको थियो । यो खेल हल्चोक स्थित मैदानमा भएको थियो ।

नेपालका कप्तान विराज महर्जनले अन्तिम खेलमा यमनविरुद्ध जितका लागि खेल्ने बताएका छन् । ‘साफ च्याम्पियनसिपका लागि पनि यो म्याचबाट धेरै कुरा सिक्नेछौं ।’ ६ महिनापछि बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि पनि यो म्याच महत्वपूर्ण रहेको बताए ।

‘हामी अहिले एक गोलले पछि परेको अवस्थामा पनि खेलमा फर्किन सक्षम भएका छौं । सबै खेलाडी फिट भएको हुँदा मनोबल पनि उच्च छ ।’ कप्तान विराजले भने ।

नेपाली टिमका लागि अग्रपङ्तीमा भरत खवास, मिडफिल्डमा विक्रम लामा र डिफेन्समा रविन श्रेष्ठको अनुपस्थिती केही महँगो पर्न सक्नेछ । भरत खवासले दुई पहेँलो कार्डका कारण यमनविरुद्धको म्याच गुमाएका छन् भने विक्रम लामा इन्ज्युरीका कारण कम्तिमा ६ महिना मैदानबाट बाहिर रहनेछन् । डिफेन्डर रविन श्रेष्ठ भने हालसालै इन्ज्युरीबाट मुक्त हुने क्रममा छन् ।

‘भरत, रविन र विक्रमको अनुपस्थितीमा पनि युवा खेलाडीको प्रदर्शनप्रति मेरो विश्वास छ ।’ विराजले भने ।

प्रिम्याच कन्फरेन्समा विराजले भने, ‘ हामी दुई महिनादेखि लगातार घरेलु प्रतियोगतामा प्रतिस्पर्धात्मक फुटबल खेल्दैछौँ, हामी अब एसिया कपमा छनोट हुन सक्दैनौँ र पनि हाम्रो लागि भोलिको खेल महत्वपूर्ण छ । हामी देशका लागि खेल्दैछौँ । हामी प्रशिक्षकको रणनीतिलाई मैदानमा राम्ररी कार्यान्वयन गर्नेछौँ ।’

प्रशिक्षक ग्योतोकु कोजीले भने, ‘घरेलु प्रतियोगितामा खेलाडीहरु धेरै व्यस्त बनेका कारण सँगै बसेर खेलाडीले प्रशिक्षण गर्न पाएनन् । हामीलाई यमनको जति दबाब हुनेछैन ।’

प्रशिक्षकले थपे, ‘तर यमन राम्रो टिम हो । टेक्निकली र फिजिकली हामीभन्दा सशक्त छ । तर ट्याक्टिसको कुरा गर्ने हो भने दुवै टिममा फरक छैन । भोलिको खेल जित्न गाह्रो हुनेछ तर हामी प्रयास गर्नेछौँ ।’

यसअघि नेपाल र यमन तीनपटक आमने सामने भएका छन् । हल्चोक मैदानमा खेल्नु अघि सन् २०१४ मा भएको मैत्रिपूर्ण खेलमा नेपाल यमनसँग २–० ले पराजित भएको थियो । सन् २००० मा एसियन कप छनोटमा नै नेपाल ३–० ले पराजित भएको थियो ।
कतारको दोहा स्थित सुहेम विन हमाद रंगशालामा हुने नेपाल र यमनवीचको खेल नेपाली समय अनुसार राती ९ बजे हुनेछ ।

नेपाली टिम

गोलरक्षकः किरण लिम्बु, विकेश कुथु र एलन न्यौपाने ।

डिफेन्डर: विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी ।

मिडफिल्डर : विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, सुजल श्रेष्ठ, सुनील बल, अञ्जन विष्ट ।

फरवार्ड: जर्ज प्रिन्स कार्की, विमल घर्ती मग