७–१ को ‘भुत’ले अझै पनि तर्साउँछः प्रशिक्षक टिटे

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१३
  • |
  • 265 पटक हेरिएको

चैत १३ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा आज राती जर्मनी र ब्राजिल आमने सामने हुँदैछन् । विश्वकपको सेमिफाइनलमा ब्राजिललाई ७–१ को भारी अन्तरले हराएपछि यी दुई टिम पहिलो पटक खेल्दैछन् ।

ब्राजिलका प्रशिक्षक टिटेले ७–१ को भुतले अझ पनि तर्साउने गरेको प्रतिक्रिया दिएका छन् । चार बर्षअघिको हारको चर्चा अझ पनि ताजा रहेको टिटेले बताए ।

‘७–१ हाम्रो लागि भुत जस्तो भएको छ, मानिसहरु अझ पनि यसको बारेमा कुरा गर्दैछन् । जति धेरै कुरा हुन्छ, त्यति नै त्यो सेमिफाइनल ताजा हुन्छ ।’ टिटेले भने ।

२९ मिनेटभित्र ५–० को अग्रता लिइसकेको सो खेलमा टोनी क्रुजले दुई गोल गरेका थिए भने मिरोस्लाभ क्लोसेले गोल गर्दै विश्वकपमा सर्वाधिक गोल कर्ता बनेका थिए ।

‘म साओ पाउलोमा मेरो श्रीमतिका साथ खेल हेरिरहेको थिएँ, तेस्रो गोलपछि श्रीमति रुन थालिन् ।’

‘म चिन्तित भएँ । प्रत्येक सट गोलमा परिणत हुन थाल्यो, जुन भिडियो गेममा पनि हुँदैन ।’ टिटेले स्मरण गरे ।

विश्वकपको दाबेदारी दिइरहेको जर्मनीविरुद्ध सो हारको बदला लिने लक्ष्यका साथ ब्राजिल बर्लिनमा उत्रनेछ । ‘बर्लिनमा हुने म्याचबाट त्यो घाउ पुर्ने प्रयासमा छौं ।’

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey