तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०८
  • |
  • 198 पटक हेरिएको

तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष बुधवार देखि शुरु भएको छ ।

सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले कोर्षको उद्घाटन गरे । कोर्षमा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक,जिल्लाहरुमा डोजाङ संचालन गदै आएका तेक्वान्दो प्रशिक्षकले सहभागिता जनाएका छन् । कोर्षको संचालन कोरियन प्रशिक्षक प्रा.डा.भल–कष्प ज्धबलन ले गर्ने छन् ।

नवौं डान लिएका ह्वाङलाई नेपालका छौटौं डान लिएका प्रशिक्षक श्रीमान थापा र पुर्ण योञ्जनले प्रशिक्षणमा सहयोग गर्ने छन् । आश्विन २९ गते सम्म संचालन हुने कोर्षमा छैटौं डान प्राप्त गरेका प्रशिक्षक १ जना,पाँचौं डान हाँसिल गरेका प्रशिक्षक ३१ जना, चौथो डान हाँसिल गरेका प्रशिक्षक २४ जना, तेश्रो डान हाँसिल गरेका प्रशिक्षक २५ जना र दोश्रो डान हाँसिल गरेका प्रशिक्षक ८ जनाले प्रशिक्षण लिईरहेका छन् ।

साथै प्रशिक्षणमा १३ औं को बन्द प्रशिक्षणमा रहेका पुन्से बिद्याका १८ जना खेलाडीले पनि सहभागिता जनाएको तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठले जानकारी गराएका छन् । कोर्षको उद्घाटनका अवसरमा संघका उपाध्यक्ष भोजवहादुर शाह,महासचिव दिपराज गुरुङलगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey