अार्मी मदन भण्डारी गाेल्डकपबाट बाहिरियाे

0

चैत १२, रुपन्देही । तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी सेमिफाईनलमा प्रवेश गरेको छ ।

बुटवलको रामनगर स्थित मानव ज्ञान माबिको मैदानमा भएको पहिलो क्वाटर फाईनल खेलमा आयोजकले नेपाल आर्मीलाई ३–१ गोल अन्तरले हरायो ।

अार्मीले लिएकाे एक गाेलकाे अग्रतामा अायाेजकले तीन गाेल गरेकाे थियाे । बिवेक बस्नेतले १५ औं मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए । दोश्रो हाफमा आयोजकले ३ गोल गर्न सफल भयो । मदन भण्डारी स्पोर्टस् एकेडेमीका लागि म्याक्सले ६३ औं मिनेटमा हेड मार्फत गोल गदै टिमलाई १–१ को बराबरीमा ल्याए । म्याक्सले नै दोश्रो गोल गदै टिमलाई २–१ को अग्रता दिलाए । उनले हेड मार्फतनै ६७ औं मिनेटमा गोल गरेका थिए । बिदेशी खेलाडी अब्बाले ७६ औ मिनेटमा गरेपछि अायाेजक सेमिफाइनलमा पुगेकाे हाे ।

Post Add 1025X115
Loading...