Prabhu Bank

कभानीकाे गाेलमा उरुग्वे च्याम्पियन

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१२
  • |
  • 1 पटक हेरिएको

चैत १२ । इडिन्सन कभानीले अाफ्नाे १०० औं खेलमा गाेल गरेपछि उरुग्वेले चार्इना कपकाे उपाधि जितेकाे छ ।

चीनकाे नान्निङमा भएकाे प्रतियाेगिताकाे फाइनलमा वेल्सलार्इ १–० ले हराउँदै उरुग्वे च्याम्पियन बन्यो ।

उरुग्वेका लागि १०० औं खेल खेलिरहेका कभानीको गोल निर्णायक बनेको थियो । खेलको अधिकांस समय बल आफ्नो नियन्त्रणमा लिएपनि वेल्सले गोल भने गर्न सकेन ।

पहिलो हाफमा स्वारेजको प्रहार पोस्टमा लागेपछि उरुग्वेले सुरुवाती अग्रता लिने मौका गुमाएको थियो । ४९ औं मिनेटमा कभानीले क्रिष्टियान रोद्रिगेजको पासमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । कभानीकाे उरुग्वेका लागि ४२ औं अन्तर्राष्ट्रिय गाेल हाे ।

तेस्रो स्थानको प्लेअफमा चेक गणतन्त्रले चीनलाई ४–१ ले हरायो । चार टोली सम्मेलित प्रतियोगिताको सेमिफाइनलमा वेल्सले चीनलाई ६–० ले हराएको थियो भने उरुग्वेले चेक गणतन्त्रमाथि २–० को जित दर्ता गरेको थियो ।