जरा नगाडिदैँ उखेल्न खाेजिएका खेलाडीकाे ब्यथा (भिडियाे अन्तर्वार्ता)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०६
  • |
  • 201 पटक हेरिएको

मनोज बस्नेत । जोर्डनमा भएको एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा नेपालबाट पावरको दुरुपयोग गरेर एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङका छोरालाई पठाएको समाचार नेप्लेजले सार्वजनिक गरेपछि यो घटना अहिले चौतर्फी चर्चामा छ ।

खेलाडी टिममा छनोट गर्ने षडयन्त्रमा परेका एउटा युवा खेलाडी जो फुटबललाई नै भनेर स्कुले जीवनमा नै परिवारबाट टाढा भएका थिए । तर अहिले उनी न कुनै टिममा छन्, नत नियमित फुटबल खेलिरहेका छन् । आफ्नो दिनचर्या चलाउनका लागि उनी यतिबेला एउटा सामान्य रेष्टुरेन्टमा काम गरिरहेका छन् । ती खेलाडी हुन्, रोशन नेपाल ।

नेपालको पूर्वी भाग तेह्थुममा सामान्य परिवारमा जन्मिएका रोशनले साढे दुई बर्ष अगाडि झापाबाट एन्फाले सञ्चालन गरेको एकेडेमीको छनोटमा सहभागिता जनाएका थिए । गोलकिपरको पोजिसनबाट खेल्ने उनी झापामा छनोटमा आएका सात सय भन्दा बढि खेलाडीबाट जिल्ला, क्षेत्र हुँदै केन्द्रीय छनोट पार गरेर एन्फा एकेडेमीमा पुगेका थिए ।

यू–१३ एकेडेमीको टिममा एन्फामा परेका उनले फुटबललाई यति प्यासन बनाएका थिए की, उनी एक्लै पनि विहानै उठेर प्रशिक्षण गर्ने, अरु भन्दा फरक अब्बल हुन्छु भन्ने सोँच राखेका रोशनले एकेडेमीमा हुँदा यू–१५ साफ च्याम्पियनसिप पनि खेले । आफ्नो उमेर समुहमा पहिलो रोजाईको गोलकिपर रहेका रोशनलाई करिव तीन महिना अगाडि अचानक बज्रपात आइपर्‍याे ।

कारण एन्फाले यू–१५ साफ च्याम्पियनसिपका लागि पहिलो चरणमा बोलाएका ५४ जना खेलाडीमा उनको नाम थिएन । जवकी सो बेला प्रशिक्षणमा सात जना गोलकिपर बोलाइएको थियो । उनले आफ्नो नाम सो सूचीमा नदेखेपछि एकाएक अन्धकार भयो । आफु पहिलो रोजाईको गोलकिपर हुनुपर्नेमा र सबै टिमका खेलाडी तथा प्रशिक्षक र एन्फाका पदाधिकारीले पनि राम्रो खेल्छस, टिममा परिहाल्छस नि भनेर आश्वासन दिएको झलझली सम्झिए ।

आफ्नो लेभलको भन्दा तलका खेलाडीलाई प्रशिक्षणमा बोलाएका बेला आफ्नो नाम भने किन सूचीमा परेन भनेर उनले एन्फाका उच्च पदाधिकारीलाई पनि सोधे, तर उनको नाम प्रशिक्षकले नै नपठाएको भन्ने जवाफ पाए । त्यसपछि उनी पुरै निराश हुँदै एन्फाबाट बाहिरीए ।

रोशन सम्झिन्छन्, फुटबल भनेर बिरामी बुवा, परिवार र पढाई छोडेर आइयो, धेरै ठूलो सपना देखेको थिए, तर अहिले निकै निराश भएको छु, लाग्यो मेरो कोहि छैन्, अब कसरी आफ्नो सपना पुरा गर्ने भनेर रोए पनि, अहिले पनि सम्झिदा भाबुक हुन्छु ।

आफु एन्फाबाट बाहिरीएको भनेर परिवारसँग पनि राम्रोसँग नभनेको उनले बताए, आमालाई अलि अलि भनेको छु, बुवासँग यो विषयमा कुरा गरेको छैन् । हाल १५ बर्षमा हिडिरहेका रोशन एन्फाबाट बाहिरीएपछि केहि समय हलचोकमा प्रशिक्षण गर्छन् भने कहिलेकाहि नैकापमा रहेको वेष्ट काठमाडौं क्लवमा प्रशिक्षण लिइरहेका छन् ।

नेप्लेजसँगको कुराकानी गर्दैगर्दा आँखा रसिलो बनाएका रोशनको दिनचर्या यतिबेला विहान कलेज, दिउसो चिनेको दाईको रेस्टुरेन्टमा काम र साँझ मिलेको समयमा प्रशिक्षण भएकाे छ ।

उनलाई माया गर्ने एकजना दाईले उनलाई सो रेस्टुरेन्टमा खान र बस्नका लागि ब्यवस्था गरिदिएका छन् । तर कति दिनसम्म हो त्यो उनैलाई पनि थाहा छैन् ।

अझै पनि आशा नहारेका रोशन भन्छन्, पहिलेको भन्दा मनोबल कम भएको छ, तर आशा भने मारिसकेको छैन, मलाई अहिले डेनमार्कका प्रशिक्षकले वेष्ट काठमाडौं क्लवमा प्रशिक्षण दिइरहेका छन्, उनी पनि मेरो स्किल देखेर निकै खुसी रहेका छन् ।

एन्फाबाट निकाल्नुको राज

दुई बर्ष एकेडेमीमा राखेपछि अचानक कुनै पनि खेलाडीलाई राम्रो खेल हुँदाहुँदै बाहिर पठाउदा सबैको चित्त दुख्छ । रोशनकाे फुटबल प्रतिको क्रेज यस्तो थियो की उनी विहान साढे चार बजे नै उठेर भित्तामा बल हान्ने, र कोठामा नै प्रशिक्षण गर्ने गर्थे । उनको यो कामले अरु खेलाडीलाई डिस्टर्व भयो भनेर प्रशिक्षकले उनलाई चेतावनी जस्तो दिएका थिए । यो रोशनले बुझेको पक्ष हो ।

तर उनी जुन उमेर समुहमा एन्फामा प्रवेश गरेका थिए, उनको हाइट सानो थियो, उमेरसँगै उनको उचाई पनि बढ्ने अनुमान गरिएको थियो । खेल उत्कृष्ट भए पनि उनको उचाईले साथ नदिँदा अन्तिममा उनलाई फालिएको एन्फा स्रोतले बतायो । तर उनलाई एकेडेमीबाट फाल्ने प्रक्रिया चाहि उचित नभएको सो स्रोतको भनाई छ ।

हेरौ भावुक भएका रोशनले नेप्लेजसँग गरेको कुराकानी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey