Prabhu Bank

डेल पोत्रो मायामी ओपनको चौथो चरणमा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१२
  • |
  • 3 पटक हेरिएको

चैत १२ । अर्जेन्टिनाका हुमान मार्टिन डेल पोत्रो मायामी अाेपनको चौथो चरणमा पुगेका छन् । जापानका केई निशिकोरीलाई २–० को सोझो सेटमा हराउँदै डेल पोत्रो अन्तिम १६ मा स्थान बनाउन सफल भए ।

निशिकोरीलाई खेलभरी नै दबाब दिएका डेल पोत्रोले ६–२ र ६–२ को जित हात पारे ।

१४ औं वरियताका अमेरिकी खेलाडी जोन इस्नर चौथो चरणमा पुग्दा तेस्रो वरियताका बुल्गेरियन खेलाडी ग्रिगोल डिभिट्रोभ भने पराजित भएका छन् ।

जोन इस्नरले रसियाका मिखाइल योझ्नेलाई ६–४ र ६–३ ले हराए । तेसो वरियताका डिमिट्रोभ भने फ्रान्सका जेरेमी चार्डीसँग ६–४ र ६–४ को सोझो सेटमा स्तब्ध भए ।

भर्खरै

Advertisement