Prabhu Bank

दक्षिण एसियाली अार्चरीमा नेपाललार्इ दुर्इ कास्य पदक

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१२
  • |
  • 1 पटक हेरिएको

चैत १२, ढाका । बंगलादेशमा जारी तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियन्सीपमा नेपालले रिकर्भ मिक्स टिम र कम्पाउण्ड पुरुषतर्फ काश्य पदक जितेको छ ।

ढाका स्थित बिकेएसपी कम्पाउन्ड भित्र भएको खेलमा मिक्स तर्फ नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको टिमले श्रीलंकालाई पराजित गर्दै काश्य हात पारेको हो । दुबै टिमले दुई दुई सेट जितेर ४–४ अंक को बराबर गरेपछि भएको सुटअफमा नेपाल ५ – ४ ले विजयी भएको थियो ।

यसअघि भएको टिम एलिमिनेसन राउण्डमा नेपाल बंगलादेशसँग १–३ को सेटमा २–६ अंकले पराजित भएपछि काश्यका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको हो ।

यसैबीच साेमबारै भएको अर्को खेलमा नेपालका कम्पाउण्ड पुरुष टिमले पनि काश्य जितेको छ । नेपालका होमबहादुर थापा मगर, प्रजित कुमार अग्रवाल र अभिशेक राज प्रधानको टिमले श्रीलंकालाई २०८–१५७ अंकले पराजित गर्दै काश्य जितेको हो ।

एलिमिनेसन राउण्डमा नेपाको कम्पाउण्ड पुरुष टिम भारतसँग २०४–२२४ अंकले पराजित भएपछि तेस्रो स्थानका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको हो ।

नेपालको रिकर्भ पुरुष टिम भने तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग पराजित भयो । दुबै टिमले दुई दुई सेट जितेर ४–४ अंक को बराबर गरेपछि भएको सुटअफमा नेपाल ४– ५ अंकले श्रीलंकासँग पराजित भएको हो ।

एलिमिनेसन राउण्डमा नेपालले बंगलादेशसँग लगातार तीन सेट गुमाउँदै ०–६ अंकले पराजित भएपछि काश्यका लागि श्रीलंका प्रतिद्वन्द्वी पाएपनि नेपालले खेल जित्न भने सकेन् ।

नेपालको रिकर्भ पुरुष टिममा प्रेम प्रसाद पुन, तीलक पुन र मिन प्रसाद गौचनले प्रतिस्पर्धा गरेका थिए । रिकर्भ महिला टिम पनि तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँगै पराजित हुन पुग्यो ।

नेपालकी ज्ञानु अवाले, आइसा तामाङ र तमन्ना क्षेत्रीको टिम श्रीलंकासँग १–३ को सेटमा २–६ अंक ले पराजित भए । त्यसअघि आजै भएको एलिमिनेसन राउण्डमा नेपालको रिकर्भ महिला टिम बंगलादेशसँग ०–३ सेटमा ०–६ अंकले पराजित भएपछि काश्यका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको थियो ।

भर्खरै

Advertisement