Prabhu Bank

‘बल–टेम्परिङ’ प्रकरणः स्मिथ र वार्नरमाथि आजिवन प्रतिबन्ध लाग्न सक्ने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१२
  • |
  • 3 पटक हेरिएको

चैत १२ । दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा बल टेम्परिङ गरेपछि अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथमाथि आजिवन प्रतिबन्ध लाग्न सक्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले एक टेस्टमा प्रतिबन्ध लगाएपनि क्रिकेट अष्ट्रेलियाले कप्तान स्मिथ र उपकप्तान डेविड वार्नरमाथि आजिवन प्रतिबन्धसम्मको कारवाही गर्न नसक्ने जनाएको छ । क्रिकेट अअष्ट्रेलियाको अनुशासन संहिता उलंघन गर्ने खेलाडीमाथि यस्तो कारावाही हुन सक्ने उल्लेख छ ।

यस घटनालाई लिएर क्रिकेट अष्ट्रेलियाका प्रमुख कार्यकारी जेम्स सथरल्याण्डले सबै खेलप्रेमीसँग माफि मागेका छन् ।

‘विहान उठ्ने वितिक्कै हाम्रा खेलाडीले दक्षिण अफ्रिकामा गरेको बदमासीले क्रिकेटको मूल्य मान्यता अवमुल्यन गरेकोमा सबै क्रिकेटप्रेमीलाई माफी माग्दछु ।’ सथरल्याण्डले भने ।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट गुम्न लागेको बेला क्यामरन बेनक्राफ्टले ‘बल टेम्परिङ’ गरेका थिए । खेलको समयमा बेनक्राफ्टले बल चम्काउनु अघि आफ्नो पकेटबाट पहेँलो टेप निकालेका थिए ।

यो कुरा कप्तान स्मिथलाई पनि थाहा भएको पत्रकार सम्मेलनमा स्वीकार समेत गरेका थिए ।

भर्खरै

Advertisement