यू-१८ साफ फुटबल: बंगलादेशले श्रीलंकालाई तीन शुन्यले हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०४
  • |
  • 175 पटक हेरिएको

साफ यू–१८ फुटबल च्याम्पियनसिपमा बंगलादेशले विजयी सुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई तीन शुन्यले हरायो ।

सशस्त्र प्रहरी बलको हलचोक स्थित मैदानमा भएको खेलमा बंगलादेशको जितमा मोहम्मद फाहिमले दुई गोल गरे । खेलको पहिलो मिनेटमा नै यासीन अराफाटले गोल गर्दै बंगलादेश टिमलाई अग्रता दिलाए । उनले कर्नरबाट आएको बललाई हेडमार्फत पोष्टको दिशा दिलाए ।

खेलको सुरुवातमा नै अग्रता बनाएको बंगलादेशले त्यसपछि अरु दुई वटा मौका पाएको थियो । तर गोल गर्न सकेन । एकपटक यासिर नै चुके । यता श्रीलंकाले भने खासै राम्रो अवसर सिर्जना गर्न सकेन ।

३९ औं मिनेटमा श्रीलंकन खेलाडीले गरेको फलका कारण पाएको फ्रिकिकमा ब‌गलादेशका मराज हुसेनले उत्कृष्ट गोल गर्न सफल भएपनि रेफ्रिले अफसाइड दिए । त्यसपछि ४५ औं मिनेटमा फेरी बंगलादेशको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा पनि श्रीलंकालाई दबावमा राख्यो । जसका कारण उसले ७६ औं मिनेटमा दोस्रो गोल गर्यो । उसका लागि मोहम्मद फैजल अहमेद फाहिमले गोल गर्न सफल भए ।

त्यसपछि ८६ औं मिनेटमा बंगलादेशले तेस्रो गोल थप्यो । उसका लागि मोहम्मद फैजल अहमेद फाहिमले नै गोल गरे । श्रीलंकाका तीन जना खेलाडीको विचबाट उनले गोल गरेका थिए ।

त्यसपछि खेलको अन्तिममा फेरी बंगलादेशले अर्को गोलको अवसर पाएको थियो तर सफल हुन सकेन । त्यसको विपरीत श्रीलंका खेलमा फर्कन सकेन र पराजित भयो । यो जितले बंगलादेशले सेमिफाइनलको यात्रा लगभग पक्का गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal