मनिषराज पाण्डेको अध्यक्षतामा सिप्यानको नयाँ कार्यसमिती

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-११
  • |
  • 145 पटक हेरिएको

नेपाल क्रिकेट खेलाडी संघ सिप्यानको नयाँ कार्यसमिती चयन भएको छ । आइतबार काठमाडौंमा भएको साधारण सभाबाट डा. मनिषराज पाण्डेको अध्यक्षतामा १२ जनाको कार्यसमिती चयन भएको हो ।

जसमा दुई जना उपाध्यक्ष, पाँच जना सदस्य रहेका छन । अध्यक्षमा पाण्डे निर्वाचित हुँदा निबर्तमान अध्यक्ष पवन अग्रवाल पनि टिममा रहेका छन । यस्तै उपाध्यक्षमा राजु खड्का र सिता रानामगर रहेका छन । सिता महिला खेलाडीको प्रतिनिधित्व गर्दै सिप्यानमा उपाध्यक्षमा चुनिएकी हुन ।

यस्तै महासचिवमा कप्तान पारस खड्का नै दोस्रो कार्यकालका लागि छानिएका छन । सचिवमा महिला क्रिकेट टिमका प्रशिक्षक राजु बस्न्यात छन भने कोषाध्यक्षमा पृथु बास्कोटा छानिएका छन । यस्तै पाँच सदस्यमा बसन्त शाही, दिपेन्द्र चौधरी, सुवास खकुरेल, सोमपाल कामी र करुणा भण्डारी रहेका छन ।

साधारण सभापछि पत्रकार सम्मेलन गर्दै सिप्यानले नेपालले पाएको वन डे मान्यतालाई त्यसै खेर जान नदिन सबै पक्ष्यलाई झकझक्याउने बताए । खेलाडीको मेहेनतले पाएको सफलतालाई सबै क्षेत्रका ब्यक्तिले राम्रोसँग बझेर यसलाई फाइदाको रुपमा अगाडी कसरी बढाउन सकिन्छ, त्यो हेर्न आवश्यक रहेको जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal