अष्ट्रेलिया क्रिकेट टिमका कप्तान र उपकप्तानले दिए राजिनामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-११
  • |
  • 174 पटक हेरिएको

अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमका कप्तान स्टिव स्मिथ र उपकप्तान डेभिड वार्नरले राजीनामा दिएका छन् ।

साउथ अफ्रिकासँगको तेस्रो टेष्ट खेल्न बाँकी हुँदै आइतबार स्मिथले आफू कप्तानमा नरहेको बताए । साउथ अफ्रिकासँगको खेलमा  म्याचको बल ट्याम्परिङको प्रकरणमा आफूहरुको गल्ती स्वीकार्दै स्मिथ र वार्नरले राजीनामा दिएका हुन् ।

क्रिकेट अष्ट्रेलियासँगको बैठकमा स्मिथ र वार्नरले राजीनामा दिन सहमत भएकाे आर्इसीसीले जनाएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोलम टर्नबुलले घटनाले आफूलाई ठूलो चोट पुर्याएको बताएका थिए । दक्षिण अफ्रिकासँगको तेस्रो टेष्टका क्रममा कप्तान स्मिथ र विकेटकिपर व्याट्सम्यान क्यामरोन बेनक्राफ्टले बल टेम्परिङ गरेको स्वीकार गरेका थिए । बेनक्रफ्टले बललाई रगडेर चम्काएको र आकार नै परिवर्तन गर्न खोजेको कुरा टेलिभिजन प्रसारणका क्रममा देखिएको थियो ।

त्यसको केही समयपछि बेनक्र्याफ्ट र स्मिथले आफूहरुबाट गल्ति भएको स्वीकार गरेका थिए । त्यसपछि बेनक्राफ्टलाई आइसीसीले स्पष्टीकरण सोधेको थियो । तर, कप्तान स्मिथले यसअघि आफूले गल्ती स्वीकार गरेर माफी मागे पनि टिमको कप्तानी नछाड्ने बताएका थिए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey