Prabhu Bank

डिपीएलको मोस्ट भ्यालुएवेल प्लेयरले गोल्डेन बुट पाउने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-११
  • |
  • 1 पटक हेरिएको

नेप्लेज, चैत्र ११ । आगामी चैत्र १७ गतेदेखि सुरु हुने धनगढी प्रिमियर लिग २ को मोस्ट भ्यालुएवेल प्लेयरले गोल्डेन बुट पाउने भएको छ।

सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको मोस्ट भ्याल्युएवल प्लेयरलाई प्रतियोगिताको सह–प्रायोजक रहेको किरण शु मानिफ्याक्चरको गोल्डस्टार गोल्डेनबुट प्रदान गर्ने भएको छ।

बुधबार राजधानीमा आयोजक धनगढी क्रिकेट एकेडेमी र किरण शुबीच एक कार्यक्रमका बीच उक्त सम्झौता भएको छ। सम्झौता बमोजिम किरण शुले डीपीएललाई सह प्रायोजन गरेवापत सुनको जुत्तासँगै थप ९ लाख नगद उपलब्ध गराउनेछ।

रुस्लान डीपीएल–२ को विजेताले २५ तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछ। प्रतियोगिताको म्यान अफ द सिरिजले मोटर साइकल पाउँदैछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार पाउनेछन्।

प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन टीम चौराह धनगढी र काठमाडौं गोल्डन्स आमने सामने हुनेछन्।

भर्खरै

Advertisement