संविधान दिवस : हरि खड्कालाई प्रवल जनसेवाश्री चतुर्थ, सावित्रा भण्डारी र सोमपाल कामीलाई पाँचौं

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०३
  • |
  • 434 पटक हेरिएको

 संविधान दिवसको अवसरमा सरकारले खेलकुदमार्फत देशको सेवा गरेकोमा नेपाली फुटबलका पूर्व कप्तान हरि खड्कालाई प्रवल जनसेवा श्री चतुर्थ श्रेणी अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको छ ।

यो पदकबाट अन्य तीन जना खेलाडीलाई पनि सम्मानित गरेको छ । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा काठमाडौं डिल्लीबजारका दिपक श्रेष्ठ, नुवाकोटकी सुर्यकुमारी गुरुङ र भारत्तोलनकी टिका कुमारी पुनलाई पनि यो पदकबाट सम्मानित गर्ने भएको हो ।

यस्तै आठ जना खेलाडीलाई जनसेवाश्री पञ्चम श्रेणीको अवार्ड प्रदान गर्नेछ । क्रिकेटका सोमपाल कामी, फुटबलकी सावित्रा भण्डारी, करातेका मण्डेकाजी श्रेष्ठ, सुटिङ्की फुलमाया क्याप्छाकी, ब्याडमिन्टनका प्रिन्स दाहालले यो अवार्ड पाउने भएका छन् । यस्तै एथ्लेटिक्सका अजित कुमार यादव, काभ्रेका अजय तामाङ र कास्कीकी महमा कोइरालाले पनि जनसेवाश्री पञ्चम श्रेणी अवार्ड पाउने भएका छन् । सुकृति पदकबाट पाँच जना खेलाडी सम्मानित हुनेछन् ।

यो पदकबाट पौडीकी गौरिका सिंह, भलिबलकी रेश्मा भण्डारी, बक्सिङका पुरन राई, टंकबहादुर कार्की र फुटबलकी निरु थापा पनि सम्मानित भएकी छिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey