शिक्षक भलिबल शुक्रबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०२
  • |
  • 254 पटक हेरिएको

जीवन ज्योति इङलिस बोर्डिङ स्कुलको आयोजनामा प्रथम जीवन ज्योति कप अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने जीवन ज्योतिका प्रिन्सिपल विष्णु पनेरुले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विजेताले खसी, उपविजेताले बोका र तेश्रो हुनेले एक जोडी रातो भले पुरस्कारवापत पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने विद्यालय सञ्चालक समितिका अध्यक्ष राजन अधिकारीले जानकारी दिए । दुईदिने प्रतियोगिताका खेलहरु मनमैजुस्थित आयोजक तथा मानसिंह स्कुलको कोर्टमा खेलाइने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal