अष्ट्रेलियन क्रिकेटर बेनक्राफ्टले ‘बल टेम्परीङ’ गरेको स्वीकार

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-११
  • |
  • 166 पटक हेरिएको

नेप्लेज चैत्र ११ । दक्षिण अफ्रिका विरुद्दको टेस्टमा अष्ट्रेलियन क्रिकेटर केमरन बेनक्राफ्टले ‘बल टेम्परीङ’ गरेको स्वीकारेका छन ।

टेलिभिजन स्क्रिनमा बेनक्राफ्टले खेलको समयमा बल चम्काउनु अघि आफ्नो पकेटबाट केहि निकाल्दै गरेको देखिएको थियो । बेनक्राफ्टले सो चिज पहेलो टेप भएको स्वीकार गरेका छन् ।

२५ बर्षिय बेनक्राफ्टले पत्रकार सम्मेलनमा मिडियाको अगाडी आफ्नो गल्ति स्वीकार्दै माफी मागेका छन् ।

यस प्रकरणमा अस्ट्रेलियाका कप्तान स्टेभन स्मिथले आफुलाई पहिले नै थाहा भएको बताएका । साथै उनले माफी माग्दै अब देखि यस्तो नहुने बताएका छन् ।

यो प्रकरण बाहिरिएपछि क्रिकेटरहरुले कडा प्रतिक्रिया दिएका छन् । चर्चित लेग स्पिनर शेन वार्नले खेलको भिडियो हेर्दा निकै निराश भएको बताउदै कोच र क्याप्टेनले यस विषयमा प्रष्ट पार्नु पर्ने बताएका छन् ।

नेपाली क्रिकेट कप्तान पारस खड्काले पनि यस घटनामा आफ्नो प्रतिक्रिया दिदै यो निकै दुखद घटना भएको र विस्वास गर्न नसकिने घटनाको रुपमा रहेको बताएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey