इ‌ंल्याण्डविरुद्धको चाैथाे एकदिवशीयमा अष्ट्रेलिया ३ विकेटले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१२
  • |
  • 164 पटक हेरिएको

माघ १२ । इ‌ंल्याण्डविरुद्धको पाँच एकदिवशीय क्रिकेटको श्रृंखलामा अष्ट्रेलियाले पहिलो जित निकालेको छ । लगातार तीन खेलमा हार ब्यहोरेर श्रृंखला गुमाइसकेको अष्ट्रेलियाले तेस्रो खेलमा इंग्ल्याण्डलाई ३ विकेटले हरायो ।

एडिलेडमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इग्ल्याण्ड ४४‌.५ अाेभरमा १ सय ९६ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

जसमा क्रिस वक्सले ७८ रन बनाउदा कुरेनले ३५ र कप्तान इयोन मोर्गन र मोइन अलीले समान ३३–३३ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका प्याट कुमिन्सले चार तथा जोस हेजलहुड र जेम्स तेइले ३/३ विकेट लिए ।

जवाफमा अष्ट्रेलियाले ३७ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसको जितमा टिम हेडले ९६ तथा सन मार्सले ३२ रन बनाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey