सागका लागि पाैडीमा ३२ खेलाडी छनाेट, गाैरीका एनआरएन खेलाडीलाई पनि समावेश

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०१
  • |
  • 243 पटक हेरिएको

नेपालमा आयोजना हुने दक्षिण एशियाली खेलकुद सागका लागि पौडीमा ३२ जना खेलाडी छनोट गरिएको छ । जसमा १८ पुरुष र १४ महिला खेलाडी रहेका छन ।

डिसेम्बर एक देखि १० तारिखसम्म काठमाडौं र पोखरामा आयोजना हुने प्रतियोगितामा पौडीतर्फ छनोट हुने खेलाडीमा पुरुषमा अलेक्जाण्डर शाह, अनुभव शुब्बा, संभम श्रेष्ठ, विकाश कुमाल, दिपांकर अवाले, तेञ्जिङ गुरुङ, नासिल हुसैन, गौरव लामा, दिलिप थापामगर, बेदज राज जोशी, तरुण भण्डारी जेविश पौडेल, सागर नायक, पुस्पन्देन शाक्य, जयन्त प्रसाद गुरुङ, र्निभय थापा रहेका छन ।

यस्तै संघले हाल बैदेशिक प्रशिक्षणमा रहेका खेलाडीलाई पनि सागको प्रशिक्षणमा राखेको छ । जसमा सयदहम्जा शाह र नाथन दोर्जे शेर्पा रहेका छन ।

यस्तै महिला तर्फ अनुसिया तन्डुकार, टिशा शाक्य, उपास्ती महर्जन, अदिप शाह बैध, समिरा शोभा थापा, युस्का महर्जन, रोसा न्यौपाने, श्रेबी महर्जन, अनुष्का पोखरेल, आज्मी शेरचन शिक्षा श्रेष्ठ छन ।

यस्तै बैदेशिक प्रशिक्षणमा रहेका खेलाडीमा संघले गौरीका सिंह, ढुवाना लामा, सोफिया शाहलाई राखेको छ ।

सागका लागि नेपाल पौडी संघले आठौं राष्ट्रिय खेलकुद, नबौ एनएसए पौडी प्रतियोगिता, फिना पोइन्टका आधारमा छनोट गरेको हो । अब संघले अन्तिममा २८ खेलाडीलाई छनोट गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey