मदन भण्डारी गोल्डकपमा एपिएफ र झापा ११ भिड्दै

0

नेप्लेज, ११ चैत । रुपन्देहीमा जारी मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरीको एपीएफ र झापा–११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

खेल बुटवलको रामनगरस्थित फुटबल मैदानमा दिउँसो साढे २ बजेपछि सुरु हुनेछ ।प्रतियोगितामा एक विदेशी सहित १० टिमले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको विजेता टिमले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५५ हजार नगद प्राप्त गर्दा बिधागत उत्कृष्टता हासिल गर्नेले २० हजार रुपैयाँ पाउने जनाइएको छ ।

Post Add 1025X115
Loading...