अफगानिस्तान विरुद्दको टेष्टमा कोहली नखेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-११
  • |
  • 153 पटक हेरिएको

चैत्र ११ । भारतीय कप्तान बिराट कोहली आगामी जुन १४ तारिखबाट सुरु हुने अफगानिस्तानसँगको टेष्ट नखेल्ने भएका छन्।

इंग्ल्याण्डको प्रसिद्ध काउन्ट्री च्याम्पियनशिपमा सहभागी हुने भएपछि कोहली अफगानिस्तानबिरूद्धको टेष्ट नखेल्ने भएका हुन।

यसअघि सन् २०१४ मा भारतले इंग्ल्याण्ड भ्रमण गर्दा कोहलीको ब्याटिङ नचलेको भन्दै आलोचित भएका थिए।

कोहलीले इंग्ल्याण्ड बिरुद्दको ५ टेस्टमा १३.४० को खराब औसतमा १३४ रन मात्र जोड्न सकेका थिए।

कोहली काउन्टी क्रिकेट खेल्न इंग्ल्याण्ड गएपछि उनले अफगानिस्तान बिरुद्द हुने टेस्ट गुमाउने छन्।

आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएपछि अफगानिस्तानले पहिलो पटक खेल्न लागेको टेष्टमा कोहलीको अनुपस्थित हुने भएका हुन्।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey