विगतमा के भयो छाडौं, १३ औं साग भव्य बनाऊँ : सांसद नविना लामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-३१
  • |
  • 700 पटक हेरिएको

काठमाडौं, ३१ भदौ । सांसद नविना लामाले आसन्न १३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता भव्यरुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएकी छिन् ।

संसदीय उपसमितिबाट प्रतिनिधित्व गर्दै १३ औं सागको पूर्वाधार निरीक्षण गर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेकी सांसद लामाले राष्ट्रको प्रतिष्ठासँग जोडिएको साग खेलकुद भव्यरुपमा सम्पन्न गर्नु सबैको दायित्व भएको बताइन् ।

रंगशाला परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद लामाले भनिन् ‘मुख्य उद्धेश्य भनेको मंसिरमा तोकिएको समयमा साग सम्पन्न गर्नुपर्छ नै भन्ने हो । त्यसैले अहिले भइरहेका कामहरु कसरी प्रभावकारी बनाउने भन्ने विषयमा मन्त्रिज्यू, परिषदका सदस्यसचिवबीच छलफल भयो र त्यो अनुरुप नै हामी यहाँ आएका हाै‌ं ।’

विगतमा कसरी साग सञ्चालनमा भए भन्दा पनि अब आउने साग नयाँ तरिकाले र व्यवस्थित बनाउनेकुरामा ध्यान दिनुपर्नेमा जोड पनि दिइन् । उनले भनिन् ‘चाहे त्यो राजनीतिक हिसाबले, सामाजिक, राष्ट्रिय, अन्तराष्«िय हिसाबले होस यो राम्रो हुनपर्छ । किनभने विगतमा जस्तो खेलमा कमिसन हुने, खेलाडीको पोशाकमा कमिसन हुने र खेलाडीको असन्तुष्टि हुने अनि सम्मान पाएन, व्यवस्थापन राम्रो भएन भन्ने जस्ता कुराहरु अब सुन्न परोस ।’

खेललाई राष्ट्रको गौरवसंग जोड्नुपर्छ । खेललाई बिधि र सिस्टम अनुसार गराएर गौरवको अनुभुति गराउनुपर्छ भन्ने कुरामा ध्यान दिन पनि आग्रह गरिन् ।

१३ औं साग मंसिरमा नेपालमा हुँदै छ । प्रतियोगिताका केही खेलहरु पोखरामा पनि आयोजना हुने भएकाले त्यहाँको पूर्वाधार निर्माणको पछिल्लो अवस्थाबारे बुझ्न केही दिनमै जाने तयारी भएको पनि सांसद् लामाले बतइन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey